back
CTIZAN AD

कविताः श्रमिक

वि.सं.२०७७ वैशाख २० शनिवार

1.7K 

shares

श्रमिक
जस्को पौरख, पसिना, सीप र श्रमले
ठुला ठुला महल बन्छ
उद्योग कारखाना सडक नहर बन्छ
बिजुली झलझल बल्छ
श्रमिक जस्तो श्रमले
देशले काँचुली फेर्छ ।

श्रमिक
जस्को पौरख पसिनाले
खेत गराहरु हराभरा हुन्छ
माटो उर्वरा हुन्छ
रमणिय सुन्दर मनोहर
छटा छहरा पहरा कन्दरा हुन्छ ।

आफ्नो श्रम, पसिना र शिपले
संसार निर्माण गर्ने श्रमिक
ठुला ठुला परिवर्तन गर्ने श्रमिक
किन हो ?
यिनको हालतमा यिनको भाग्यमा
कहिले परिवर्तन आउँन सकेन
कहिले घाम लाग्न सकेन ।

श्रमिक दिवस
हात्तिको देखाउने दाँत जस्तै
औपचारिक बनेको छ
नेतालाई भाषण गर्ने मञ्च बनेको छ
शुभकामना आदान प्रदान गर्ने
फगत यौटा दिवस बनेको छ ।

श्रमिक दिवस
बास्तबिक श्रमजिवि श्रमिक मजदुरको
मुक्तिको दिवस बन्नुपर्छ
श्रमिक दिवस
श्रमिकको
ठेला उठेको हातको मलम बन्नुपर्छ
निरस ओठको मुश्कान हुनुपर्छ
दुखित मनहरुको खुशी बन्नुपर्छ
श्रमिकको आँसु पुछ्ने
दिवस बन्न सक्नुपर्छ ।

वि.सं.२०७७ वैशाख २० शनिवार १०:४० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...