back

कविताः श्रमिक

वि.सं.२०७७ वैशाख २० शनिवार

705 

shares
NTC AD

श्रमिक
जस्को पौरख, पसिना, सीप र श्रमले
ठुला ठुला महल बन्छ
उद्योग कारखाना सडक नहर बन्छ
बिजुली झलझल बल्छ
श्रमिक जस्तो श्रमले
देशले काँचुली फेर्छ ।

श्रमिक
जस्को पौरख पसिनाले
खेत गराहरु हराभरा हुन्छ
माटो उर्वरा हुन्छ
रमणिय सुन्दर मनोहर
छटा छहरा पहरा कन्दरा हुन्छ ।

आफ्नो श्रम, पसिना र शिपले
संसार निर्माण गर्ने श्रमिक
ठुला ठुला परिवर्तन गर्ने श्रमिक
किन हो ?
यिनको हालतमा यिनको भाग्यमा
कहिले परिवर्तन आउँन सकेन
कहिले घाम लाग्न सकेन ।

श्रमिक दिवस
हात्तिको देखाउने दाँत जस्तै
औपचारिक बनेको छ
नेतालाई भाषण गर्ने मञ्च बनेको छ
शुभकामना आदान प्रदान गर्ने
फगत यौटा दिवस बनेको छ ।

श्रमिक दिवस
बास्तबिक श्रमजिवि श्रमिक मजदुरको
मुक्तिको दिवस बन्नुपर्छ
श्रमिक दिवस
श्रमिकको
ठेला उठेको हातको मलम बन्नुपर्छ
निरस ओठको मुश्कान हुनुपर्छ
दुखित मनहरुको खुशी बन्नुपर्छ
श्रमिकको आँसु पुछ्ने
दिवस बन्न सक्नुपर्छ ।

वि.सं.२०७७ वैशाख २० शनिवार १०:४० मा प्रकाशित

ADBL AD
लघुकथा : मतियार

लघुकथा : मतियार

नवराज न्यौपाने ’मौन’, गोरखा ‘विनिता ! आज हाम्रो घरमा खाना...

‘झुम्री माईली दिदी’

‘झुम्री माईली दिदी’

बिहानै उठेर म टुक्सुक्क खाटमा नै बसे । त्यहाँबाट जुरुक्क...

कविता : इतिहास लेख्ने धोको

कविता : इतिहास लेख्ने धोको

सुशील रिजाल, किर्तिपुर, काठमाडौं धोको छ यौटा इतिहास लेख्ने प्राणी...

कविता : शरद्

कविता : शरद्

कलानिधि दाहाल, काठमाडौं बच्चो एक गरीबको अझ त्यहीँ भाँडाकुटी खेल्दछ...

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

मचिन्द्र खत्री, धरान, सुनसरी त्रित्रापंखीले जब शारदीय नीलो आकाश बिहानै...

कविता : जिज्ञासा

कविता : जिज्ञासा

बाबुराम न्यौपाने ‘उत्स,दमक, झापा हर्न निषेधित क्षेत्र भयंकर कोलाहलमा डुबेको...