back
CTIZAN AD

तीन जिल्लाले दिएको संकेत,कोरोना फैलन नदिन ठोस रणनीति बनाऔं-डा .रवीन्द्र पाण्डे

वि.सं.२०७७ वैशाख २२ सोमवार

699 

shares

आइतबार नेपालगंजमा १५ जना तथा बीरगंजमा १ जनामा कोरोना संक्रमण पुष्टि भयो । उदयपुर, बिरगंज र नेपालगंजको संक्रमणले ठोस संकेत दिएको छ । त्यो भनेको व्यक्तिगत दूरी, सामाजिक दुरी कायम नहुनु । नेपालमा कोरोना संक्रमण फैलिन नदिने हो भने हामीले ठोस रणनीति बनाउनु पर्दछ ।

१- पिसीआर टेस्टको दायरा ब्यापक बढाउने । सिमाना जोडिएका जिल्लाहरु, ठूलो जनसंख्या भएका सहर तथा भारतबाट लकडाउन यता नेपाल आएका व्यक्तिलाई खोजिखोजि पिसीआर टेस्ट गर्ने ।

२- कोरोना संक्रमण सुरु भएको ४ महिना जम्मा १३ हजार जनाको पिसीआर टेस्ट हुनु अत्यन्त थोरै हो । र्यापिड टेस्टको मिथ्यांक प्रस्तुत गर्नुभन्दा प्रत्येक जिल्लामा पिसीआर मेसिन उपलब्ध गराएर संक्रमित पहिचान गर्ने काम अभियानकै रुपमा सुरु गर्नुपर्ने ।

३-२ जनाभन्दा व्यक्ति संगै हिंड्न नपाउने ।

४-हरेक ठाउँमा न्युनतम ६ फिटको दुरी अनिबार्य कायम राख्नुपर्ने ।

५- संक्रमित ठाउँमा घरभित्र समेत भौतिक दुरी कायम गर्नुपर्ने ।

६-धार्मिक, सांस्कृतिक, शैक्षिक, राजनैतिक लगायत बिबिध क्षेत्रमा मान्छे जम्मा हुने, सामुहिक बसाइ गर्ने, सामुहिक प्रार्थना गर्ने लगायतका काम कोरोना नियन्त्रण नभएसम्म बन्द गर्नुपर्ने । ती कहाँ कहाँ छन् , खोजेर बन्द गराउने  त्यसको नियमित तथा कडा अनुगमन गर्ने ।

७- तरकारी बजार बन्द गर्ने । तरकारी, फलफूल होलसेलबाट सिधै किराना पसल र तरकारी पसलबाट बिक्री वितरण गर्ने ।

८- सपिंग मल बन्द गर्ने । स्थानीय ससाना पसलबाट अत्याबश्यक पदार्थ किनबेच गर्ने ।

९.-बिहान र बेलुकाको समयमा पसल खोल्न, हिड्डुल गर्न नदिने दिउँसो सामान किन्ने समय तोकेमा ७५ प्रतिशत आवतजावत स्वतः कम हुन्छ ।

१०- सुरक्षाकर्मी र सिमाबासीको संयुक्त गस्ती २४ घण्टा नै गरेर जोखिम ठाउँमा तारबार, सिसिटिभी जडान गर्ने ।

यी आधार तयार नगरि लकडाउन खोल्ने हो भने स्थिति भयाबह हुनसक्छ । सरकारले पिसीआर टेस्टको दायरा बढाउने, कडा अनुगमन गर्ने अनि नागरिकले लकडाउन तथा सामाजिक दुरीको मर्म बुझेर घरभित्र बस्ने र सामाजिक दुरी कायम गर्ने गरौँ ।

‘यसकारण कोरोना संक्रमणबाट सुरक्षित छन् महिला’

वि.सं.२०७७ वैशाख २२ सोमवार ०८:५६ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...