back

यस्तो छ २४ घण्टाको कोरोना अपडेट, भारत र नेपालमा बढ्दो

वि.सं.२०७७ वैशाख २२ सोमवार

345 

shares

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, बेलायत, फ्रान्स, जर्मनी, रसिया, टर्की, ब्राजिल, इरान अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(६८,५९८) इटाली दोस्रो(२८,८८४), बेलायत तेस्रो (२८,४४६), स्पेन चौंथोे(२५,२६५), फ्रान्स पाचौँ (२४,८९५), बेल्जियम छैठौं(७,८४४), ब्राजिल सातौँ (७,०१५), जर्मनी आठौं (६,८६६), इरान नवौँ (६,२०३), नेदरल्याण्ड दशौँ(५०५६) र चीन एघारौँ (४,६३३) देश रहेका छन् ।

२२ वैशाख, काठमाडौँ । चीनको हुवेई प्रान्तको वुहान सिटीबाट सुरु भएको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) अहिले विश्वका २१२ देशमा फैलिएको छ ।

यसअघि बढी प्रभावित देशहरु विस्तारै विस्तारै घट्दै गएको देखिन्छ भने दक्षिण अमेरिकी देश ब्राजिल, भारतलगायतका देशमा बढ्दो छ । नेपालमा पनि थपिँदै गएको अवस्था छ ।

वैशाख २२ (सन् २०२० मे ४) बिहान ८.३० बजेसम्मको प्राप्त समाचार अनुसार संसारका ३५,६६,००४ मानिसमा कोरोना भाइरस सल्केको छ भने ज्यान गुमाउनेको कूल संख्या २४८,२८२ पुगेको छ । एकैदिन ८२०६९ कोरोनाका संक्रमित थपिएका छन् भने ३५०९ जनाको मृत्यु भएको छ ।
निको भएर घर फर्किएकाहरु संख्याका १,१५४,०१४ छ भने उपचाररत हालको बिरामीको संख्या २,१६३,७०८ रहेको छ । जसमध्ये २,११३,६६८ को अवस्था मध्यम छ भने ५०,०४० को स्थिति गम्भिर रहेको छ । गम्भिर बिरामी २ प्रतिशत रहेको छ ।
पछिल्ला केहि दिनदेखि संक्रमित भएर निको हुनेको संख्या बढेको छ । शनिबारको तथ्यांकले बिरामी मध्ये ८२ प्रतिशत सन्चो हुने गरेका छन् भने १८ प्रतिशतको मृत्यु हुने गरेको देखिन्छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा लगातार अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या १,१८८,१२२ पुगेको छ भने ६७,४४४ को मृत्यु भएको छ । एकै दिन २७,३४८ नयाँ संक्रमित थपिएका छन् भने ११५४ जनाको मृत्यु भएको छ, यो अघिल्लो दिनको तुनलामा संक्रमित र मृत्यु घटेको हो ।

मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश हो भने दोस्रो इटाली हो । इटालीमा लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या २१०,७१७ रहेको छ भने मृत्यु हुनेको संख्या २८,८८४ जना रहेको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, बेलायत, फ्रान्स, जर्मनी, रसिया, टर्की, ब्राजिल, इरान अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(६८,५९८) इटाली दोस्रो(२८,८८४), बेलायत तेस्रो (२८,४४६), स्पेन चौंथोे(२५,२६५), फ्रान्स पाचौँ (२४,८९५), बेल्जियम छैठौं(७,८४४), ब्राजिल सातौँ (७,०१५), जर्मनी आठौं (६,८६६), इरान नवौँ (६,२०३), नेदरल्याण्ड दशौँ(५०५६) र चीन एघारौँ (४,६३३) देश रहेका छन् ।

नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा २४ घण्टामा १६ नयाँ संक्रमित थपिएका छन् । यति ठूलो संख्यामा एकैपटक संक्रमित थपिएको यो पहिलो हो । त्यस्तै उपचारपछि घरफर्किएका एक कोरोना संक्रमितमा पुनः भाइरस पोजेटिभ देखिएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । नेपालगञ्जमा मात्रै एकैदिन १५ संक्रमित थपिएका हुन् । १६ जना निको भएर फर्किएका छन् भने हाल ६९ संक्रमित उपचाररत छन् । आइतबारसम्म १३,४०२ जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । हाल ३८ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । वैशाख १० गते उदयपुरमै पुनः ३ जना नयाँ संक्रमित थपिएपछि यसलाई तेस्रो चरण भनेर केही जानकारहरुले भनेका पनि छन् । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती(निको भएर घर फर्किएसकेको अवस्था) मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि लागू हुनेगरी गरेको लकडाउन तीनचरणमा थपिएर वैशाख २५ गतेसम्म पु¥याइएको छ ।

अर्को छिमेकी देश भारतमा तथ्याङ्क बढ्दो छ । ३२,५०५ जना संक्रमित रहेको र १,३९१ जनाको मृत्यु भएको देखिन्छ । अघिल्लो दिन मात्र २८०६ जना नयाँ संक्रमित थपिएका छन् भने भने ६८ जनाको मृत्यु भएको छ । अरु देशमा घटिरहँदा भारतमा भने भारतमा बढिरहेको छ । संक्रमितको हिसाबमा भारत १५ औँ स्थानमा रहेको छ ।

यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट तथ्याङ्क :

वि.सं.२०७७ वैशाख २२ सोमवार ०९:०४ मा प्रकाशित

२४ घण्टामा ११ ठाउँमा आगलागी, चार जना घाइते

२४ घण्टामा ११ ठाउँमा आगलागी, चार जना घाइते

काठमाडौँ । नेपालका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा ११ ठाउँमा...

सीताराम विवापञ्चमीः स्वयंम्बर कार्यक्रम सम्पन्न

सीताराम विवापञ्चमीः स्वयंम्बर कार्यक्रम सम्पन्न

महेन्द्रनगर (धनुषा) । जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन...

बिक्री हुनै छाड्यो नरहरिनाथको घ्यू

बिक्री हुनै छाड्यो नरहरिनाथको घ्यू

मान्म (कालीकोट) । कालीकोटको नरहरिनाथ गाउँपालिकाका किसानले उत्पादन गरेको घ्यूले...

विद्यालयमा नृत्य गर्ने क्रममा बेहोस भएकी विद्यार्थीको मृत्यु

विद्यालयमा नृत्य गर्ने क्रममा बेहोस भएकी विद्यार्थीको मृत्यु

लमजुङ । बेँसीसहर नगरपालिका– ७ स्थित भूपू सैनिक आवासीय माध्यमिक...

राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : देउवा

राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : देउवा

मोरङ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक...

एनपिएलः पोखराको पहिलो जित

एनपिएलः पोखराको पहिलो जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो...