back
CTIZAN AD

लकडाउनमा नाम कमाउने यी पत्रकार

वि.सं.२०७७ वैशाख २२ सोमवार

924 

shares

२२ वैशाख, काठमाडौँ । पत्रकारहरु प्राय दामका लागी काम गर्छन भनेर हल्ला गरिन्छ । अन्त नबिकेका अण्डर एसएलसी र दारुपानीका भोकाहरु भनेर बदनाम पनि गरिन्छ । नाम चलेका क्रृषि धमलासंग जोडेर ब्यंग्य पनि गरिन्छ । अनि पैसो बिना न लेख्छन न समाजसेवामै लाग्छन भनेर नकरात्मक धारणा पनि यहि समाजमा छ तर एक पत्रकार भने लकडाउनका बेला पनि निःशुल्क शैलुन सेवा सहित सक्रिय भैरहेको देखिन्छ ।

नेपालमा विगत ४२ दिनदेखि जारी लकडाउनले जनजीवन प्रभावित बनाएको छ । बजार ठप्प संगै अति आवश्यक सामाग्रीका पसल समेत बन्द छन । धेरै मानिसहरु लामो कपाल र दारीसंगै बिरक्तिएको जस्ता फोटा सार्वजनिक गरीरहेका छन । यहि बिचमा एक पत्रकारलाइ लाग्यो ‘जानेको सीप प्रयोगमा ल्याएर सेवा गरौ न ।’

मिडिया मिसनका प्रधानसम्पादक टेकनाथ न्यौपानेले गत बिहिबार देखि भृकुटिमण्डपस्थित पत्रकार महासंघ परीसरबाट यस्तो जाँगर देखाए । उनि आइतबार राससको प्रधान कार्यालय पुगेर सेवा दिए । सोमबार उनि एैक्यबद्धता प्रकाशनमा पनि पुगेर सेवा दिए । यो बिचमा उनले पत्रकार बाहेकका इच्छुक अन्यलाइ पनि सेवा दिएका छन । संसारन्युजसँग उनि भन्छन् ‘२२७ जनाको कपाल काटियो’ कोरोना भाइरसको उच्च जोखिममा पनि उनि निर्धक्क सेवा दिइरहेका छन् । सेनिटाइजर, डिटोल, आधुनिक मेशिन र मेडिया मिशन लेखेको तौलिया बोकेर सेवामा पुग्ने गरेका न्यौपानेलाई पत्रकारबाहेक चिनेजाने कै व्यक्तिहरुले बढि बोलाउने गरेका छन् । उनको सीप र कपाल काटने मेशिनको प्रबिधिको कारण एउटाको कपाल उनले ४ देखी छ मिनेटसम्म सक्ने गरेका छन् ।

वि.सं.२०७७ वैशाख २२ सोमवार २०:३३ मा प्रकाशित

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको...

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ...

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार...