back
CTIZAN AD

पर्वतमा अन्तरजिल्ला सवारीसाधनको पास वितरण बन्द

वि.सं.२०७७ वैशाख २२ सोमवार

771 

shares

२२ बैशाख, पर्वत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लालाई जोगाउन पर्वतमा अन्तरजिल्ला सवारी साधनको पास वितरण बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्र्दै अर्को सूचना जारी नभएसम्मका लागि पर्वत जिल्लाभन्दा बाहिर जाने सवारी साधनका लागि पास वितरण गर्न स्थगित गरिएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमद्वारा जारी सूचनामा बन्दाबन्दीको अवधिमा अत्यावश्यक पसलबाहेक अन्य पसलहरु बन्द गर्न पनि आग्रह गरिएको छ । त्यसैगरी जिल्ला भित्रिनेहरुका लागि स्वास्थ्य चेकजाँचमा कडाइसमेत गरिएको छ । पर्वतलगायत धौलागिरिमा भित्रिने मुख्य नाका पर्वतको मोदी गाउँपालिकास्थित डिमुवामा रहेको हेल्थ डेस्कमा मात्रै आठ हजारभन्दा बढीको स्वास्थ्य जाँच गरिएको मोदी गाउँपालिकाले जनाएको छ ।

वि.सं.२०७७ वैशाख २२ सोमवार २०:२८ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...

मकैबारीमा मृत गैँडा भेटियो

मकैबारीमा मृत गैँडा भेटियो

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

मनाङ । विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सागुम्बा ‘सुन फल्ने...