back
CTIZAN AD

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

वि.सं.२०८३ जेठ १ शुक्रवार

282 

shares

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले ९७ मिटर लम्बाइको क्यान्टिलिभर ग्लास स्काइ वाक निर्माण गर्ने भएको छ ।
करिब रु एक अर्ब ४० करोड लागतमा निर्माण हुने स्काइ वाक आगामी दुई वर्षभित्र व्यवसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

विश्वस्तरीय प्रविधिमा आधारित ९७ मिटर लामा क्यान्टिलिभर ग्लास स्काइ वाक एकैपटक प्रति घण्टा एक हजार जना पर्यटकले प्रयोग गर्न सक्ने क्षमतायुक्त हुनेछ । विशेष प्रकारको स्मार्ट ग्लास प्रविधि प्रयोग गरिने भएकाले स्काइ वाकमा हिँड्दा सीसा चर्किएका अनुभूति समेत पर्यटकले प्राप्त गर्नेछन् ।

परियोजनाअन्तर्गत दुई सय मिटर गहिराइबाट सञ्चालन हुने बञ्जी जम्प, दुई सय मिटर लामो सोप स्वीङ, अत्याधुनिक जीप कोस्टर, आकाशमै भोजन गर्ने सुविधासहितको फ्लाई डाइनिङ तथा विद्यार्थी र बालबालिकाका लागि आधुनिक प्रविधियुक्त प्लानेटरियम निर्माण गर्ने लक्ष्य राखिएको छ ।

यस्तै रु एक अर्ब ७० करोड बराबरको एकीकृत पर्यटन पूर्वाधार विकास योजनाअन्तर्गत नेपालकै अग्लो ५५ मिटर क्याप्सुल लिफ्ट, स्काइ ग्लास डेक, मेटल क्लाइम्बिङ, रक क्लाइम्बिङ, भ्यूज रूम तथा १४० फिट अग्लो आदियोगी शिवको मूर्तिसहित आदियोगी पार्क निर्माण गरिरहेको जनाइएको छ ।

परियोजनामा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, आरकेडी होल्डिङ्स लिमिटेड, पन्चासे नेक्सस इन्फ्रा लिमिटेड लगायतका संस्थागत लगानीकर्तासहित करिब एक हजार पॉच सय जना लगानीकर्ताको सहभागिता रहेको प्रबन्ध सञ्चालक पोष्टबहादुर खड्काले जानकारी दिए ।

उहाँका अनुसार यो परियोजनाले नेपाललाई विश्वस्तरीय साहसिक पर्यटन गन्तव्यको रूपमा स्थापित गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।

सञ्चालक रेखा बानियाँले यस परियोजनाले बन्दीपुरको पर्यटन क्षेत्रलाई थप गुलजार बनाउने विश्वास व्यक्त गर्नुभयो । सञ्चालक एवं बन्दीपुर गाउँपालिकाका पूर्वअध्यक्ष पूर्णसिंह थापाले यस परियोजनाले बन्दीपुरलाई अन्तरराष्ट्रिय क्षेत्रमा नयाँ पहिचान दिलाउने बताए ।

वि.सं.२०८३ जेठ १ शुक्रवार १४:०६ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...