back
CTIZAN AD

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम

वि.सं.२०८३ जेठ १ शुक्रवार

393 

shares

काठमाडौँ । सशस्त्र प्रहरी बलको मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयबाट हालसम्म २५० जनाले उच्च भू–भाग खोज तथा उद्धारसम्बन्धी तालिम लिएका छन् ।

शिक्षालयबाट ७५ जनाले उच्च भू–भाग खोज तथा उद्धार आधारभूत तालिम, ५५ जनाले ‘एड्भान्स’ तालिम र १२० जनाले ‘रोप रेस्क्यु’ तालिम लिएका सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेस्थित तीन हजार ४२० मिटर उचाइमा सो शिक्षालय अवस्थित छ । विसंं.२०७७ मा चामेमा स्थापना भएको उक्त शिक्षालय २०७८ वैशाखदेखि ङिस्याङ गाउँपालिकाको स्थानान्तरण भएकोे हो ।

शिक्षालयमा सञ्चालित सिसं २ उच्च भू–भाग खोज तथा उद्धार तालिम गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा वैशाख ३१ गते सम्पन्न भएको थियो । शिक्षालयमा बिहीबार आयोजित कार्यक्रममा उनले तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

शिक्षालयबाट तालिम प्राप्त सशस्त्र प्रहरीले मनाङ, मुस्ताङलगायत हिमाली जिल्लामा गत कात्तिकमा हिमपहिरोमालगायत विषम अवस्थामा रहेका एक हजार ५०० जनाको सकुशल उद्धार गरेको थियो ।

यसैबीच, शिक्षालयका चार जना प्रशिक्षक तथा १८ प्रशिक्षार्थीले गत वैशाख २९ गते छ हजार ३८ मिटर अग्लो ‘चुलु फार इस्ट’ हिमालको सफल आरोहण गरेका थिए ।

वि.सं.२०८३ जेठ १ शुक्रवार १३:३५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...