back
CTIZAN AD

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

वि.सं.२०८३ जेठ १ शुक्रवार

324 

shares

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियानअन्तर्गत यान्त्रिक अवस्था कमजोर रहेका १७ वटा सवारीसाधनका चालक कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) प्रवेशद्वारम क्षेत्रमा विशेष सवारी जाँच अभियान सञ्चालन गरेको थियो । सो अभियानका क्रममा ४७ वटा सवारीसाधनको प्राविधिक तथा यान्त्रिक अवस्था परीक्षण गर्दा १७ वटा सवारीसाधन मापदण्डअनुसार नरहेको पाइएपछि चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरीका अनुसार जाँचका क्रममा कतिपय सवारीसाधनमा ह्याण्डब्रेक दुरुस्त नभएको, लाइट बिग्रिएको, टायर अत्यधिक खिइएको तथा अन्य प्राविधिक समस्या देखिएको थियो । यस्ता कमजोरी भएका सवारीसाधन सडकमा सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले तत्काल कारबाही गरिएको जनाइएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले यान्त्रिक रूपमा कमजोर सवारीसाधन सडक सुरक्षाका लागि गम्भीर चुनौती बन्दै गएको बताए ।

उनले यात्रु, चालक तथा सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर नियमित रूपमा विशेष चेकिङ अभियान सञ्चालन भइरहेको जानकारी दिए ।

उनले भने, “सवारीसाधनको सामान्य लापरवाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ । त्यसैले यान्त्रिक अवस्था कमजोर भएका सवारीसाधनमाथि निगरानी बढाइएको हो । आजको अभियानमा १७ वटा सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । हाम्रो उद्देश्य केबल जरिवाना गर्नु मात्रै होइन, सम्भावित दुर्घटना रोक्नु र जनताको जीवन सुरक्षा गर्नु पनि हो ।” ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय सडक दुर्घटनाका घटनामध्ये धेरै दुर्घटना सवारीसाधनको प्राविधिक खराबीकै कारण हुने गरेको पाइएको छ ।

विशेषगरी लामो समयसम्म मर्मत नगरी चलाइएका सार्वजनिक तथा निजी सवारीसाधनले सडकमा जोखिम बढाइरहेको ट्राफिक प्रहरीको भनाइ छ ।

ट्राफिक प्रहरीले सवारी धनी, यातायात व्यवसायी तथा चालकलाई नियमित रूपमा सवारीसाधनको ब्रेक, टायर, लाइट, इन्जिन तथा अन्य उपकरणको अवस्था परीक्षण गर्न आग्रह गरेको छ । आवश्यक मर्मत तथा प्राविधिक परीक्षण नगरी सवारी सञ्चालन नगर्न पनि चेतावनी दिइएको छ ।

कार्यालयले आगामी दिनमा पनि उपत्यकाका विभिन्न स्थानमा यस्ता विशेष चेकिङ अभियानलाई निरन्तरता दिइने जनाएको छ । सडक अनुशासन कायम गर्दै सुरक्षित यात्रा सुनिश्चित गर्न ट्राफिक प्रहरी सक्रिय रूपमा परिचालन भइरहेको कार्यालयले जनाएको छ ।

वि.सं.२०८३ जेठ १ शुक्रवार १४:३३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...