back
CTIZAN AD

लकडाउन खुलेपछि आमनागरिकले अपनाउनु पर्ने महत्वपुर्ण कुराहरु

वि.सं.२०७७ वैशाख २३ मंगलवार

951 

shares

नोबल कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दि(लकडाउन) अवधि सकिन २ दिन मात्र बाँकी छ । यसैबीच लकडाउन खुलाउनु पर्ने सुझावहरु आएसँगै सरकारले केही क्षेत्रमा लकडाउन खुल्ला गर्ने मनस्थितिमा रहेको बुझिन्छ । लकडाउन खुल्ला भयो भन्दैमा हामी पहिलेकै अवस्थामा निस्फिक्री बनेर हिड्न सक्दैनौँ । यसअवधिमा पनि हामीले विशेष सर्तकता अपनाउनै पर्दछ ।

रोगविरूद्ध विभिन्न टेलिभिजन च्यानलहरु, अन्तर्रास्ट्रिय जर्नलहरू, पत्रपत्रिकाहरु, तथा सामाजिक संजालमार्फत जनचेतना फैलाउँदै आएका जनस्वास्थ्य विज्ञ डा गेहेन्द्र महराले सरकारले लकडाउन खुलाएपछि हामीले के कस्ता सतर्कता अपनाउनु पर्दछ भन्ने बारे महत्वपुर्ण सुझाव दिएका छन् ।

अहिले देशमा बढीरहेको संक्रमण, दैनिक आधारभूत सेवा संचालन लगायत जनताको आवश्यकतालाई मध्यनजर गरेर लकडाउन खुलाउन जरुरी पनि देखिन्छ । लकडाउन खुलेको अवस्थामा यो रोगको संक्रमणबाट बच्नको लागि निम्नकुराहरु अनिबार्य रुपमा अबलम्बन गर्नुपर्ने उनको सुझाव छ ।

१) मास्क, पंजा, चस्मा, विन्ड चिटर अथवा जकेट, ट्राउजर, सम्भव भएसम्म पानीले धुन मिल्ने वा सेन्थेटिक जुत्ता प्रयोग गर्ने।
२) ह्याण्ड स्यानिटाइजर, स्प्रे, साथमा राख्ने तथा साबुन पानीले हातधुने।
३) बाटोमा हिड्दा कम्तिमा दुइमिटरको व्यक्तिगत दुरी कायम गर्ने र आफुले पूर्णसतर्कता अपनाउने।
४) काम गर्ने ठाउमा (कार्यालय, व्यापार, ब्यबसाय गर्ने ठाउँमा) ह्याण्ड स्यानिटाइजर, २ मिटरको दुरि कायम गर्ने र साबुन पानीले हात धुने व्यबस्था गर्ने।
५) खोक्दा, हाच्छ्युं गर्दा आफ्नो कुहिनामा, मान्छे नभएको साइडतिर फर्केर, टिस्यु पेपर वा रुमाल प्रयोग गरेर मात्र हाच्छ्युं गर्ने र खोक्ने। त्यसपछि टिस्यु पेपर, मास्क सुरक्षित डिस्पोज गर्ने।
६) मास्क तथा अनुहार लगायत नाक, आखा, मुखमा हातले नछुने।
७) कार्यालय तथा अन्य ठाउमा सेवाग्राहीसंग दुरी कायम गर्ने।
८) सकभर भिडभाड भएको ठाउँमा आफु पनि नजानेर भिडभाड हुन पनि नदिने वा नगराउने।
९) सार्वजनिक यातायातमा अहिले सकभर यात्रा नगर्ने वा छोंटो दुरीको लागि बस नचढ्ने । लामोदुरी भएमा मास्क, चस्मा, पंजा लगाएर तथा व्यक्तिगत दुरी कायम गरेर मात्र बस चढ्ने।
१०) सार्वजनिक यातायातका साधनलाई नियमित संक्रमणरहित बनाउने र त्यसको अनुगमन गर्ने काम सम्बन्धित निकायले गर्ने।
११) किनमेल गर्न सपिंग कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, तरकारी बजारमा सकभर नजाने वा नकिन्ने । सकेसम्म घरनजिकको पसलबाट सामान किन्ने वा अनलाइन अर्डर गर्ने । यदि जानैपरेमा व्यक्तिगत दुरी कायम गर्ने ।
१२) सानोतिनो समस्यामा भएमा सकभर अस्पताल नजाने, यदि जानै परेमा जहाँ भीड कम हुन्छ त्यहाँ मात्र जाने । व्यक्तिगत दुरी कायम गर्ने, मास्क र चस्मा लगाउने।
१३) दैनिक खाने औषधि तथा प्राथमिक उपचारका साधन तथा खाधान्न कमसेकम १ महिनाको लागि स्टक राख्ने।
१४) नजिकको एम्बुलेन्स, प्रहरी, स्वास्थ्य संस्था, आफ्नो चिकित्सक तथा सहयोगीको फोन नम्बर राख्ने।
१५) सहि सूचना अथवा अधिकारिक सूचनाको मात्र बिश्वास गर्ने सामाजिक संजालमा देखिने हरेक कुरामा बिश्वास नगर्ने । जिम्मेवार मेडिया तथा स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्ने।
१६) आफुलाई मानसिक रुपमा तयारी राख्ने किनकी यो कोरोना संक्रमण विश्वव्यापी समस्या भएकोले हाम्रो देश अथवा स्थानमा पनि फैलिन सक्छ, आफुलाई पनि सर्न सक्छ, कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन, भन्ने कुरा वा तथ्य मनन गर्ने।
१७) कामबाट घरफर्केपछि बाहिरी पोशाक घरबाहिर खोल्ने, धुने, घाम लाग्ने ठाउँमा सुकाउने, अनि नुहाएपछि मात्र परिवारसंग भेट्ने।
१८) घरभित्र पनि जेष्ठ नागरिक र बिरामीसंग घटीमा १ मिटरको दुरी घरभित्र कायम राख्ने।
१९) ताजा, मौसम अनुसारको तथा स्वस्थबर्धक खानेकुरा खाने। समय काट्न गुन्द्रुक, मस्यौरा लगायत बनाएर राख्ने।
२०) चुरोट, खैनी, रक्सी सेवन लगायत लागुपदार्थ सेवन नगर्ने।
२१) आत्मबल सधै उच्च राख्ने। आफ्नो रोगसंग लड्ने क्षमता प्रति विश्वास गर्ने। मनमा डर, त्रास, चिन्ता आदि नलिने।
२२) अनिवार्य रुपमा घरभित्र व्यायाम गर्ने । भीडभाड नहुने ठाउँमा मास्क लगाएर तथा सामाजिक दुरी कायम गरेर जगिंग गर्न पनि सकिन्छ।
२३) पत्रपत्रिका किताब लगायत विभिन्न मनोरंजनका साधनहरु जस्तै : टेलिभिजन, फिल्म, टेलिसिरियल हेरौ र आफुलाई सक्रिय बनाईराखौ।
२४) पारिवारिक, सामाजिक मूल्यमान्यता तथा भाईचारा कायम राखौ ।
२५) घरपरिवार, समाज, समुदाय तथा देशमा विपत्ति र महामारी आएमा त्यसबाट बच्न र बचाउनको लागि आफु पनि तयारी भइ अरुलाई पनि तयारी बनाऊ।

वि.सं.२०७७ वैशाख २३ मंगलवार १०:०६ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...