back
CTIZAN AD

सयौंको संख्यामा आएका भारतीय जर्वजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीद्धारा हवाई फायर

वि.सं.२०७७ वैशाख २३ मंगलवार

651 

shares

२३ बैशाख, भद्रपुर । बन्दाबन्दीलाई अटेर गरी सीमा क्षेत्रमा हुलहुज्जत गर्ने भारतीय नागरिकलाई धपाउन नेपाली सुरक्षाकर्मीले सोमबार झापाको दक्षिणी सीमाक्षेत्रमा दुई राउण्ड हवाई फायर गरेका छन् ।

झापा गाउँपालिका–४ स्थित दक्षिणी सीमान्त गाउँमा सोमबार अपराह्न ४ः३० बजेतिर १५० भन्दा बढीको सङ्ख्यामा घरेलु हतियारसहित नेपाली सुरक्षा चौकीमा आएका भारतीय नागरिकलाई धपाउन अस्थायी सीमा सुरक्षा चौकीमा तैनाथ नेपाली सुरक्षाकर्मीले हवाई फायर गरेको गाउँपालिकाका अध्यक्ष जयकुमार साहले बताए ।

उनका अनुसार दिउँसो दुई भारतीय नागरिक नेपाल पस्न खोज्दा सुरक्षाकर्मीले सम्झाइबुझाई फिर्ता पठाएका थिए । केहीबेरपछि सयौँको सङ्ख्यामा भारतीय घरेलु हतियारसहित नेपालतिर पस्न खोजेका थिए । हवाई फायरपश्चात भारतीयहरु तितरवितर भएर आफ्नै मुलुकतिर फर्किएको गाउँपालिकाका अध्यक्ष साहले बताए ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले कोभिड–१९ को सङ्क्रमण रोक्न सीमा क्षेत्रमा आवतजावत पूर्णरुपमा बन्द गराइएको जनाउँदै अटेर गरी हुलहुज्जत गर्नेलाई रोक्न हवाई फायर भएको बताए । घटनापछि सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ रानाले जानकारी दिए । रासस

वि.सं.२०७७ वैशाख २३ मंगलवार १३:४४ मा प्रकाशित

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

झापा । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका...

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी...

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

खोटाङ । करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन...