back
CTIZAN AD

जनरल इलेक्ट्रिक कम्पनीद्धारा १० हजार कर्मचारी कटौती गर्ने घोषणा

वि.सं.२०७७ वैशाख २३ मंगलवार

753 

shares

२३ बैशाख, न्यूयोर्क ।  विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण मागमा व्यापक कमी आएको भन्दै अमेरिकी कम्पनी जनरल इलेक्ट्रिकले अरु १० हजार कर्मचारी कटौती गर्ने सोमबार घोषणा गरेको छ । कम्पनीले खासगरी उड्डयन क्षेत्रमा काम गर्ने मजदूरहरु हटाउन लागेको हो ।

जीई भनिने यस कम्पनीले जारी गरेको विज्ञप्तिमा प्रारम्भमा मार्चमा २ हजार ६०० कर्मचारी कटौती गर्ने जनाएको थियो । कम्पनीले उड्डयन क्षेत्रका कारखानाबाट करिब २५ प्रतिशत रोजगारी कटौती गर्ने अर्थात १३ हजार कर्मचारी हटाउने लक्ष्य राखेको छ ।

बोइङले पनि गत साता नागरिक बिमान उत्पादन कारखानामा कार्यरत करिब १० प्रतिशत अर्थात १६ हजार कर्मचारी हटाउने घोषणा गरेको थियो । बोइङका ७८७, ७७७ र ७३७ म्याक्स शृंखलाका बिमानहरु निर्माणमा अबरोध आएपछि उत्पादनमा व्यापक कटौती भएको छ ।

बोइङको यस समस्याका कारण जीई कम्पनीले पनि क्षति व्यहोर्नु परेको छ । जीई कम्पनीले बोइङ र एयरबस दुबैका लागि इन्जिन निर्माण गर्दछ ।
गत फेब्रुअरीको तुलनामा दोस्रो चौमासिकमा विश्वभर नै हवाई उड्डयनमा ८० प्रतिशतले कमी आउने जीईको अनुमान छ । जीईले आफ्ना करिब ५२ हजार कर्मचारीलाई यस विषम परिस्थितिका बारेमा लिखित जानकारी पनि दिइसकेको छ ।
जीईका सिइओ डेभिड जोयसले कर्मचारीहरुलाई पठाएको पत्रमा कम्पनीको व्यवसाय जोगाउन पनि कर्मचारी कटौतीजस्तो कठिन निर्णय गर्नु परेको बताएका छन् ।
यो कर्मचारी कटौतीको मुख्य उद्देश्य नै यस वर्ष करिब ३ अर्ब डलर बचत गर्नु हो ।

यसबाहेक, बिमानहरुको मर्मतका क्षेत्रमा कार्यरत आधाभन्दा बढी कर्मचारीले तीन महिनादेखि काम पाएका छैनन् । नयाँ कर्मचारी भर्ना रोकिएको छ भने बोनस बाँड्ने अवस्था छैन ।

जीईको पहिलो चौमासिकमा आम्दानीमा झण्डै ८ प्रतिशतले कमी आई २० अर्ब ५० करोड डलरमा सीमित भएको छ ।  एएफपी

वि.सं.२०७७ वैशाख २३ मंगलवार २१:४१ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...