back
CTIZAN AD

यी सामान्य कुरामा ध्यान दियौं भने कोरोना संक्रमण रोक्न सकिन्छ-डा. रवीन्द्र पाण्डे

वि.सं.२०७७ वैशाख २८ आइतवार

906 

shares

१- थुक्ने बानी बन्द गरौँ
सार्वजनिक स्थानमा थुक्नु असभ्यताको परिचय मानिन्छ । अहिले कोरोना संक्रमणको जोखिम बढेको समयमा बाटोमा, चौरमा तथा अन्य स्थानमा थुक्दा संक्रमित व्यक्तिले रोग सार्ने ठूलो माध्यम बन्छ । थुकमा कोरोना भाइरस २४ घण्टासम्म बाँच्न सक्ने अनुसन्धानले देखाएको छ । देखिने थुक तथा नदेखिने कण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । खैनी, पान, गुट्खा, पान मसला, सुपारी, चुंइगम, भित्र दाना भएका साना फल आदि खाएर खुलेआम थुक्ने बानी आजैदेखि बन्द गरौँ ।

२- मास्क, पंजा आदि जथाभावी नफालौं
आजकाल बाटो, पार्क, चौर लगायत सार्वजनिक स्थानमा मास्क, पंजा, हात सफा गरेको कपास, चुरोटको ठुटो जथाभावी फ्याँक्ने प्रचलन बढेको छ । ती सामान चरा, कुकुर तथा सवारी साधनले बिभिन्न ठाउँमा पुर्याउन सक्छन् । बालबालिकाले समाउने तथा खेल्ने गर्न सक्छन । यो अभ्यासले संक्रमण एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छ । तसर्थ आफुले प्रयोग गरेका मास्क, पंजा, कपास आदि फोहोर जम्मा गर्ने ठाउँमा वा घरभित्र खाडल खनेर त्यसमा राख्ने अनि नष्ट गर्ने गरौँ ।

३-घरेलु पशुपंक्षीजन्य फोहोरको ब्यबस्थापन गरौँ
कुकुर, कुखुरा लगायत पशुपंक्षी पाल्ने व्यक्तिले बाटोमा दिशापिशाब गराउने काम नगरौं । कुकुर, कुखुरालाई पनि होम क्वारेन्टाइनमा राखौं । कुकुरका खुट्टाले संक्रमण घरभित्र ल्याउन सक्छ । त्यस्तै मल्मुत्रलाई घरमा खाडल खनेर त्यहि राख्ने गरौँ ।

४- बाटो सफा राखौं
आफ्नो घर अगाडिको बाटो सफा गर्ने बानी बिकास गरौँ । बाटोमा रहेका सुर्ती, चुरोट, गुट्खा, जंक फुड लगायतका खोल बढारेर एउटा खाडलमा राखौं । हावा तथा पशुपंक्षीले यी खोललाई घरभित्र ल्याउन सक्छ ।

५- जुत्ताचप्पल तथा आफ्नो सबारी साधनको टायर सफा गरौँ 
जुताचप्पल तथा टायरमा संक्रमितको म्युकस, संक्रमितले फालेका मास्क, कपास लगायतका पदार्थ घरभित्र आउन सक्छन । तसर्थ घरबाहिर साबुनपानीले राम्रोसंग जुत्ताचप्पल सफा गरेर घाममा सुकाउने गरौँ । त्यस्तै टायरलाई राम्रोसंग धुने गरौँ ।

६- सुरक्षित बनौं
घरबाहिर निस्कदा मास्क, चस्मा, पंजा लगाउने बानीको बिकास गरौँ त्यस्तै विन्डचिटर, ट्राउजर र साबुनपानीले धुन मिल्ने सेन्थेटिकको जुत्ता लगाउने गरौँ । बाहिरबाट घर आएपछि ती कपडा, मास्क, पंजालाई घर बाहिर राख्ने गरौँ ।

७-सफाइका सामान राखौं
घरको गेटनेर, मुल ढोकानेर, हरेक बाथरुममा, किचनमा, डाइनिंग हल, बेडरुम, बरण्डा आदिमा स्थान अनुसार ह्याण्ड स्यानिटाइजर, साबुनपानी, सफा टावेल अटुट रुपमा राख्ने गरौँ । यी सामान बच्चाको पहुँच नहुने गरि राखौं ।

८- सौचालयको सफाइ
भारत लगायत धेरै देशमा सौचालयबाट कोरोना फैलिएको समाचार आइरहेका छन् । सम्भव भएसम्म छुट्टाछुट्टै सौचालय प्रयोग गरौँ । प्रयोग गरेपछि सफा गरौँ । कमन ट्वाइलेट भएको ठाउँमा पालो गरेर दिनको ३ पटक साबुनपानी, क्लोरिन झोल र लाइसोलले सफा गरौँ । प्रयोग गरेपछि हरेक व्यक्तिले सफा गरौँ । सार्वजनिक सौचालय, कार्यालयको सौचालय तथा साझा सौचालयमा सरसफाई नियमित गर्ने प्रबन्ध गरौँ । त्यस्ता सौचालयमा साबुन, स्यानिटाइजर राख्ने गरौँ । सौचालयको ह्याण्डील, चुकुल आदि छुनु अघिं र छोएपछि हात धुने र छोएका स्थानलाई स्पिरिटले सफा गर्ने गरौँ ।

कोरोना पुनः पोजेटिभ देखिए पनि अरुमा सर्दैन

वि.सं.२०७७ वैशाख २८ आइतवार १०:१७ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...