२९ वैशाख । सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील संस्था यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले लमजुङ जिल्लाका मर्स्याङ्दि गाउँपालिकामा कोरोनासम्बन्धी स्वास्थ्य सामग्री वितरण गरेको छ।
नेपाली कांग्रेसका नेता एवं ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीको उपस्थितिमा लमजुङको मर्याङ्दि गाउँपालिका प्रतिनिधि शिक्षक संघका सभापति श्याम थापालार्ई ज्वरो नाप्ने डिजिटल थरमा मिटर हस्तान्तरण गरिएको हो।
यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले ट्रस्टका अध्यक्ष डा केदारनरसिंह केसीले हस्तान्तरण गरेका हुन् । सो अबसरमा संस्थाका महासचिव तथा नेका नुवाकोट सभापति जगदीश्वर नरसिंह केसीको पनि उपस्थित थियो ।
वि.सं.२०७७ वैशाख २९ सोमवार १५:३४ मा प्रकाशित






























