back
CTIZAN AD

नेपाली राजनीति र दुर्घटना ल्याउने पूर्वीय संस्कार

वि.सं.२०७७ वैशाख २९ सोमवार

1.9K 

shares

सन् १९९७, अगस्ट ६, कोरियन एयर फ्लाइट नं KE801 संयुक्त राज्य अमेरिकाको ग्वाममा अवतरण गर्न प्रयास गर्दा दुर्घटनाग्रस्त भयो, विमानमा सवार २५४ मध्ये २२९ ले ज्यान गुमाउन पुगे। अनुसन्धानको क्रममा दुर्घटनाको कारण मौसमदेखि प्राविधिक गडबडीसम्म आंकलन गरीए । तर पश्चिमीहरुको एउटा आंकलन भने टड्कारो रुपमा अघि आयो- पूर्वीय संस्कार।

\अनुसन्धानका क्रममा कप्तान र अर्का पाइलटबीचको कुराकानीले अनुसन्धानकर्ताहरुलाई संस्कारतिर डोह्र्याएको थियो । कप्तान भन्दा जम्मा २ वर्ष कान्छा ती पाइलट, कप्तानको अवतरण योजना प्रति सहमत थिएनन् । पूर्वीय विश्वमा अग्रजप्रति हाम्रो सम्मानले गर्दा, उँहाहरुलाई प्रतिप्रश्न गर्ने हाम्रो संस्कार हुँदैन । यही संस्कारका कारण, जीवन मृत्युको दोसाँधमा पनि, आफ्नो अग्रजले गल्ती गरेको देख्दा देख्दै, ती पाइलतले अडिगरुपमा विमति राख्न सक्नेनन् । परिणामत त्यो दुर्घटनामा आफ्नोसहित २२९ जनाको प्राण जोगाउन उक्त पाइलट असमर्थ भए । यो उमेर र पदवीको आधारको डरको आडम्बरी सम्मानलाई हामी पूर्वीय चाकरी संस्कार भन्न सक्छौं ।

अब आउँ सन् २०२० को नेपालमा, कोरोना-कहरले संसार नै थिलथिलो भएपछि सरकारले मुलुकभर लकडाउन घोषणा गरेको छ । यस्तो आपतकालिन परिस्थितिमा समेत, बहुसंख्यक नेपालीले चुनेर पठाएका, देशका अभिवावक, सम्मानीय प्रधानमन्त्रीले निक्रिष्टस्तरको राजनीतिक चलखेलमा प्रत्येक्ष(अप्रत्येक्ष रुपमा संलग्न भएको समाचार सबैलाई जाहेरै छ । सर्वशक्तिमान बन्न चेष्टा गर्नु सत्ताको दोष नै हो । अधिनायकवाद भन्दा फरक लोकतन्त्रमा त्यो चेष्टालाई रोक्न शक्ति पृथकीकरण र अरु संवैधानिक अंगहरु संस्थागत गरिएको हुन्छ । तर राष्ट्रपतिलाई समेत आफ्नो षड्यन्त्रमा सरिक गराएर प्रधानमन्त्रीले शक्ति पृथकीकरणको, संविधानको र लोकतान्त्रिक मुल्य मान्यताको नै भद्दा मजाक बनाए।
प्रमले किन ती कदम चाले होलान् भन्ने धेरै अनुमान गर्न सकिन्छ : सत्ताको उन्मादले प्रमको लुकेको चरित्र बाहिर ल्याएको हुन सक्छ । शंकाको लाभ दिने हो भने प्रमलाई आफ्नो नाजुक स्वास्थ्यको कारण देश एक्दमै छिटो बनाउने हुटहुटी भएर यस्तो कदम चलाउनु भएको नि हुन सक्छ । कारण जेसुकै होस्, सिद्धान्तत: देशमा बेथितिको जग बसाल्ने उक्त कार्यप्रति, देशव्यापी विरोध हुँदा समेत, प्रमको नजिक (कतिपय युवा) साथीहरुले जुन साथ देखाउनुभयो त्यो झन् दुर्भाग्यपूर्ण छ।

गल्ती जोकोहीबाट नि हुनसक्छ, अनि गल्ती चाँडो देखिन्छ पनि । अझ, सत्तामा गरिने गल्ती औँल्याउन त सबै तयार भएर बसेका हुन्छन् । तर सबै गल्ती एक समानको हुँदैन । साधारण गल्तीहरु एकपक्षले आलोचना र अर्कोपक्षले बचाउ गरेर छोपछाप गर्न मिल्छ । तर मूल्य मान्यताको स्तम्भमाथि उदांगो प्रहार हुँदा पनि दोषी चस्मा लगाएर सम्राट नाँगै छैन भन्दै आउनुहुन्छ भने, सम्राट भन्दा पतित तपाइँ-हामी नै हुन्छौँ, र सम्राटलाई भ्रष्ट बनाइ राख्न मुख्य जिम्मेवार नि हामी नै हुन्छौँ । घरमुलीले सनक चडेर, छुस्स घरमा आगो झोस्दै बसेपछि पनि सन्तानले आगो निभाउने त कता हो कता, उल्टै ‘यो बास्नादार धुवाँ त धुपको हो’ भने जस्तो, रोक्नु सट्टा ‘मेरा बात कस्तो मजाकी’ भन्दै ताली पिटे जसो काम गरेका छौँ ।

ईन्टरनेटको युगमा ऐतिहासिक, धार्मिक देखि नवीण प्राविधिक ज्ञान सबै केही शब्द टाइप गर्नुको दुरीमा छ। पहिलाको पुस्ता जस्तो उमेर र अनुभवले बढी ज्ञानी बनाउने युगसमाप्त भइसक्यो। कुनै क्षेत्रमा एकाध वर्षमै पुराना ज्ञान अप्रयुक्त हुँदै गरेको यो युगमा अधिकांश क्षेत्रमा घटीमा दशकमा आफुलाई अद्यावधिक गराउनुको बिकल्प छैन। बुढापाकाहरुको सबैभन्दा आवश्यकता असमन्जस्यता कम गराएर समुहलाई समाधानतर्फ प्राथमिकरण गराउनमा पर्छ। युवा जोशलाई कावुमा राख्ने होशको रुपमा अनुभवी व्यक्तित्वको खाँचो पर्छ।

नेपाली राजनीतिमा प्रम त उहाँको पुस्ताको प्रतिनिधि पात्र मात्रै हो। मैले यसरी प्रमलाई मनमा लागेको कुराले ख्नपाउने बनाउनु भएको उहाँहरुको पुस्ताको बलिदानले हो, त्यसको लागि हामी सबै कृतज्ञ छौँ। लोकतान्त्रिक लडाइँमा सधैँ अब्बल भएता पनि, हामीले पटकपटक देखेको हो, उहाँको पुस्ता समझदारी बढाउँदै लाने त कता हो कता एकअर्काको खिचातानी मै देशलाई बन्दक बनाउन पनि उद्दत हुन छुटाउँदैनन। प्रशासनिक कार्यसम्पादनमा पनि यो पुस्ता कै असक्षमता छताछुल्लै छ । यसरी राज्य संचालन अनुभवविहिन, लक्ष्य तथा परिकल्पनाविहीन, सिक्न उमेरले गाह्रो पार्ने तथा स्वास्थ्यले समेत आराम गर भन्दै गरेको अवस्थामा यो पुस्ता नेतृत्वमा हुनुपर्ने औचित्य चाहिँ, पुरानो कार्यको ब्याज वितरण गर्ने हाम्रो पूर्वीय चाकरी संस्कारले मात्रै पुष्टि गर्न सक्छ। अझ नेपालको परिपेक्षमा त आफ्नो ‘मालिक’ को सम्मान बढाउनको लागि अर्को पक्षको नीच बदख्वाइँ गर्ने चलन छ, त्यो त समग्र ‘चाकरी संस्कृति’ भन्दा एक कदम ‘अगाडी’ छ।

अबको निकास भनेको स्थापित पार्टी भित्र र देशव्यापी रुपमा यो प्रम पुस्तालाई सम्मान्नित अवकाश दिलाउनु नै हो। अब असक्तमुलीको आदेश पालन गर्ने सन्तानको सट्टामा आफैँ जिम्मेवारी बहन गरी उहाँहरुलाई आराम गर्न दिनुको बिकल्प हाम्रो पुस्तासँग छैन । हामी अझै पनि यो प्रौढपुस्ताको चाकरी मै जीवन बिताउने हो भने, स्वघोषित पाइलटहरुले देशलाई दुर्घटना तिर डोह्र्याएको देख्दा देख्दै, मुकदर्शक हुने काँतर चालकको रुपमा इतिहासले हाम्रो पुस्ताको बयान गर्नेछ।

वि.सं.२०७७ वैशाख २९ सोमवार १५:४३ मा प्रकाशित

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

१. पृष्ठभूमि राष्ट्रिय पहिचान भनेको साझा इतिहास, संस्कृति, भूगोल र...