back
CTIZAN AD

नेपालमा ७६ हजार बढीमा कोरोना परीक्षण,संक्रमित १२१, आइसोलेशनमा १५३ र रेडजोनमा ३४२ जना

वि.सं.२०७७ वैशाख २९ सोमवार

774 

shares

२९ बैशाख, काठमाण्डौं । नेपालमा सोमबार (बैशाख २९ सम्म) ७६ हजार ३५५ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा २,७९९ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १७ हजार ८०९ र आरडिटी प्रविधिबाट ५८ हजार ५४६ जनामा परीक्षण गरिएको हो । पछिल्लो २४ घण्टामा देशैभरी जम्मा ९१३ वटा पिसीआर नमुना परीक्षण गरिएको हो । यो आइतबारको तुलनामा ३२४ बढी हो ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ७,७३७ प्रदेश नं २ मा ५,९२५, बाग्मती प्रदेशमा ९,२९०, गण्डकी प्रदेशमा ६,४८४, प्रदेश नं ५ मा ६,९८५, कर्णाली प्रदेशमा ७,११४ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ९ जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा १२ हजार ७०१ जना रहेका छन् । जसमा प्रदेश नं १ मा १,०४७, प्रदेश नं २ मा १,५१७, बाग्मती प्रदेशमा ११८, गण्डकी प्रदेशमा ३१६, प्रदेश नं ५ मा ४,९४३ कर्णाली प्रदेशमा १,७४५ र सुदूरपश्चिम प्रदेशमा ३,०१५ जना रहेको स्वास्थ्य मन्त्रालयले सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेशन र रेडजोनमा
त्यसैगरी हालसम्म आइसोलेशनमा १५३ जना रहेका छन् । जसमा उपत्यकामा १ जना र बाहिरका अस्पतालमा १५२ जना रहेका छन् । उनीहरुमा प्रदेश १ मा २४, प्रदेश २ मा ३९, बाग्मती प्रदेशमा २६ र गण्डकी प्रदेशमा १ र प्रदेश नम्बर ५ मा ६३ जना रहेका छन् ।
त्यस्तै आजसम्म रेडजोन (संभावित संक्रमति) मा रहेकाको संख्या ३४२ पुगेको छ । पछिल्लो २४ घण्टामा २ जना थपिएका छन् । रेडजोनमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।

कुन प्रदेशमा कति संक्रमित
हालसम्म संक्रमित भएकामध्ये प्रदेश १ मा ३५, प्रदेश २ मा ३२, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ प्रदेश ५ मा ४० र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भएको तथ्यांक रहेको छ । सातैवटा प्रदेशमध्ये कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमित भेटिएका छैनन् ।

एकाबिहानै नेपालमा थपिए १० संक्रमित

एकैदिन ११ जना नयाँ संक्रमित थपिए
आज (सोमबार) एकैदिन ११ जना नयाँ संक्रमित भेटिएका छन् । जसमा कपिलवस्तु, यशोधरा गाउँपालिका ५ र बुद्धभूमि गाउँपालिका ७ र १० निवासी १८, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय र १ जना उमेर नखुलेको पुरुष रहेका छन् । साथै सप्तरीमा पनि १८ वर्षीय पुरुषमा संक्रमण भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२१ पुगेको छ ।

उनीहरुमा ८९ जना पुरुष र ३२ जना महिला रहेका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमा रुपन्देही १६ नेपालगन्ज २४, भरतपुर १, विरगन्ज २८ र विराटनगर अस्पतालमा १९ जना गरेर जम्मा ८८ जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

निको हुनेको संख्या ३३ पुग्यो
नेपालमा आज (बैशाख २९) सम्म संक्रमित भएका १२१ जनामध्ये निको हुनेको संख्या ३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज डिस्चार्ज भएका २ जनासँगै निको हुनेको संख्या ३३ पुगेको हो ।

आजमात्रै कोशी अन्चल अस्पतालमा उपचाररत भोजपुरका २६ वर्षीय युवा जो १८ दिनपछि डिस्चार्ज भएका हुन् भने झापाका ४८ वर्षीय पुरुष १५ दिनको उपचारपछि निको भएका हुन्. । उनीहरु दुवैमा २४ घण्टाभित्र गरिएको दुईवटा पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएको हो ।

चीन सरकारद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण
चीन सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चीनले आज ४० हजार कोरोना टेष्ट पिसीआर कीट, १० हजार डिस्पोजेवल गाउन, २० हजार एन–९५ मास्क र मेडिकल चश्मा १० हजार थान स्वास्थ्यमन्त्रीलाई सोमबार हस्तान्तरण गरेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

नेपालमा साढे ७३ हजार बढीमा कोरोना परीक्षण, आइसोलेसनमा १६४ र रेडजोनमा ३४० जना

वि.सं.२०७७ वैशाख २९ सोमवार १७:२४ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...