back
CTIZAN AD

नेपालमा साढे ७३ हजार बढीमा कोरोना परीक्षण, आइसोलेसनमा १६४ र रेडजोनमा ३४० जना

वि.सं.२०७७ वैशाख २८ आइतवार

801 

shares

२८ बैशाख, काठमाण्डौं । नेपालमा आइतबार (बैशाख २८ सम्म) ७३ हजार ५५५ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १,३१६ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १६ हजार ८९८ र आरडिटी प्रविधिबाट ५६ हजार ६५७ जनामा परीक्षण गरिएको हो । पछिल्लो २४ घण्टामा देशैभरी जम्मा ५८९ वटा पिसीआर नमुना परीक्षण गरिएको हो ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ७,०५५, प्रदेश नं २ मा ५,८९०, बाग्मती प्रदेशमा ९,१८१, गण्डकी प्रदेशमा ६,३७२ हजार प्रदेश नं ५ मा ६,७७४, कर्णाली प्रदेशमा ६,३६३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ९१० जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा १३ हजार ६२५ जना रहेका छन् । जसमा प्रदेश नं १ मा १,२३८, प्रदेश नं २ मा १,४४३, बाग्मती प्रदेशमा ११०, गण्डकी प्रदेशमा २४२, प्रदेश नं ५ मा ४,९४२ कर्णाली प्रदेशमा २,३२६ र सुदूरपश्चिम प्रदेशमा ३,३२४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेशन र रेडजोनमा
त्यसैगरी हालसम्म आइसोलेशनमा १६४ जना रहेका छन् । जसमा उपत्यकामा ३ जना र बाहिरका अस्पतालमा १६४ जना रहेका छन् । उनीहरुमा प्रदेश १ मा २३, प्रदेश २ मा ४५, बाग्मती प्रदेशमा ३८ र प्रदेश नम्बर ५ मा ५७ जना रहेका छन् ।
त्यस्तै आजसम्म रेडजोन (संभावित संक्रमति) मा रहेकाको संख्या ३४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोही पनि थपिएका छैनन् । रेडजोनमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।

त्यसैगरी नेपालमा हालसम्म ११० जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमा ७६ जना पुरुष र ३२ जना महिला रहेका छन् । ११० मध्ये ३१ जना निको भएर घर फर्किइसकेका छन् ।

कुन प्रदेशमा कति संक्रमित
हालसम्म संक्रमित भएकामध्ये प्रदेश १ मा ३५, प्रदेश २ मा ३१, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ प्रदेश ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भएको तथ्यांक रहेको छ । सातैवटा प्रदेशमध्ये कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमित भेटिएका छैनन् ।

संक्रमित ११० मध्ये ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेका छन् । जसमा रुपन्देही ६, नेपालगन्ज २४, भरतपुर १, विरगन्ज २७ र विराटनगर अस्पतालमा २१ जना गरेर जम्मा ७९ जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

आज थप १ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या ११० पुग्यो

निको भएर घर पुगेकालाई विभेद नगर्न अनुरोध
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबाट निको भएर घर फर्किएकालाई परिवार तथा समाजबाट विभेद गरिएको जानकारी आएको बताएको छ । मन्त्रालयले हालसम्म निको भएर घर फर्किएका ३१ जनामा केहीलाई घर बस्न नदिएर गाउँमा छुट्टै राखिएको जानकारी आएकोले त्यस्तो नगर्न अनुरोध गरेको छ ।

‘यस्तो बेलामा घर परिवार तथा स्थानीयको सहयोगको आवस्यकता पर्छ । उहाँहरु संक्रमण मुक्त भइ सामान्य जीवनमा फर्किइसक्नु भएको छ । उहाँहरुबाट संक्रमण नसर्ने र त्यो क्षमता छैन । उहाँहरु हामीजस्तै हुनुहुन्छ । त्यो डर मिथ्या मात्रै हो ।’ पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भनेका छन् ।

नेपालमा आजको कोरोना अपडेटः ७२ हजार बढीमा परीक्षण, आइसोलेसनमा १४३ र रेडजोनमा ३४० जना

वि.सं.२०७७ वैशाख २८ आइतवार १७:१० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...