back
CTIZAN AD

नेपालमा आजको कोरोना अपडेटः ७२ हजार बढीमा परीक्षण, आइसोलेसनमा १४३ र रेडजोनमा ३४० जना

वि.सं.२०७७ वैशाख २७ शनिवार

882 

shares

२७ बैशाख, काठमाण्डौं । नेपालमा शनिबार (बैशाख २७ सम्म) ७२ हजार २३९ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १,७४२ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १६ हजार ३०९ र आरडिटी प्रविधिबाट ५५ हजार ९३० जनामा परीक्षण गरिएको हो । पछिल्लो २४ घण्टामा देशैभरी ८१७ वटा पिसीआर नमुना परीक्षण गरिएको छ । शुक्रबारको तुलनामा झण्डै ३०९ बढी हो ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ७,०५५, प्रदेश नं २ मा ५,८९०, बाग्मती प्रदेशमा ९,१०५, गण्डकी प्रदेशमा ६, ३७७, प्रदेश नं ५ मा ६, ६३८, कर्णाली प्रदेशमा ६, १७४ र सुदूरपश्चिम प्रदेशमा १४,६९१ जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा १४ हजार ५९२ जना रहेका छन् । जसमा प्रदेश नं १ मा १,४८६, प्रदेश नं २ मा १,३५५, बाग्मती प्रदेशमा २५४, गण्डकी प्रदेशमा ४६३, प्रदेश नं ५ मा ५,२२८ कर्णाली प्रदेशमा २,४५५ सुदूरपश्चिम प्रदेशमा ३,३५१ जना रहेको स्वास्थ्य मन्त्रालयले शनिबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेशन र रेडजोनमा
त्यसैगरी हालसम्म आइसोलेसनमा १४३ जना रहेका छन् । जसमा उपत्यकामा २ जना र बाहिरका अस्पतालमा १४१ जना रहेका छन् । साथै आजसम्म रेडजोन (संभावित संक्रमति) मा रहेकाको संख्या ३४० पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना थपिएका हुन् । उनीहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।

कुन प्रदेशमा कति संक्रमित
हालसम्म संक्रमित भएकामध्ये प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ प्रदेश ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भएको तथ्यांक रहेको छ । सातैवटा प्रदेशमध्ये कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमित भेटिएका छैनन् । हालसम्म १०९ जना संक्रमति भेटिएका छन् ।

आज थपिएका ७ सहित संक्रमति हुनेको संख्या १०९ पुग्यो
आज बिहान थपिएका थप ७ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (शनिबार) राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरुमा उदयपुरको भुल्केका १८,४५ र ६५ वर्षीया महिला, कपिलवस्तुका १७, १८, १८ वर्षीय पुरुष र पर्सा छपकैयाका ६२ वर्षीय पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

आज थप ७ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमतिको संख्या १०९ पुग्यो

१०९ जनामा ३१ जना डिस्चार्ज ७८ जनाको विभिन्न अस्पतालमा उपचार
संक्रमित १०९ जनामध्ये ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेका छन् । जसमा रुपन्देही ६, नेपालगन्ज २४, भरतपुर १, विरगन्ज २७ र विराटनगर अस्पतालमा २० जना गरेर जम्मा ७८ जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमण भएका १०९ मध्ये ३१ जना उपचार गरेर घर फर्किएका छन् । शुक्रबार धनगढीको सेती अस्पतालमा उपचाररत एक महिला ३५ दिनपछि डिस्चार्ज भएकी हुन् । दुवईबाट आएका उनका देवरमार्फत् उनमा भाइरस सरेको थियो । उनीसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३१ पुगेको हो ।

पिसीआर टेष्टको दायर व्यापक रुपमा बढाइने
मन्त्रालयले हाल ५० हजार भन्दा बढी कीट मौज्दात रहेकोले पिसीआरको नमुना व्यापक रुपमा बढाउने भएको छ ।
मन्त्रालयका अनुसार बढी प्रभावित जिल्ला उदयपुर, पर्सा, रौतहट, वारा र प्रदेश नम्बर ५ को नेपालगन्ज, रुपन्देही कपिलवस्तु लगायतका जिल्लामा ५३०० भन्दा बढी पिसीआर नमुना परीक्षण गरिने भएको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयका इपिडिमियोलोजी र नेपाली सेनाको स्वास्थ्यकर्मीको टोली ती जिल्लामा परिचालन भइसकेका छन् । उनीहरुले शुक्रबार ४०० नमुना संकलन तथा परीक्षण गरिसकेको र ३ दिनमा ५३ सय नमुना संकलन गरिने लक्ष्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

सावधानी अपनाउन अनुरोध
बैशाख २४ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार अब देशैभरी अत्यावस्यक सेवाहरु सूचारु भएका छन् । तरकारी, फलफूल, औषधि पसल लगायतमा जाँदा दूरी कायम गर्ने, राहत वितरणका ठाउँ, सार्वजनिकस्थल र कार्यालय प्रवेश गर्दा स्यानिटाइजरको प्रयोग तथा साबुन पानीले हात धुने र फलफूल तरकारी घर भित्राइसकेपछि राम्रोसँग पानीले धोेएर मात्र प्रयोग गर्न अनुरोध गरिएको छ ।  संक्रमण फैलन नदिनका लागि सकर्तकता अपनाउन र जिम्मेवार बनेर आफू पनि बच्ने र अरुलाई पनि संक्रमणबाट बचाउनका लागि मन्त्रालयले सबैमा अपिल गरेको छ ।

नेपालमा झण्डै ७० हजारमा कोरोना परीक्षण, संक्रमितको संख्या १०२, आइसोलेसनमा १३५ र रेडजोनमा ३३६ जना

वि.सं.२०७७ वैशाख २७ शनिवार १७:१९ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...