एनआएरनए जापानको क्षेत्रिय समन्वय समिति क्यूस्युले ‘आपत कालिन’ राहत कोषमा सहयोग गर्ने उदेश्यले वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सेवा नै धर्म भन्ने मुल नाराका साथ स्थापना भएको आपतकालिन राहत कोषको लागि भन्दै एनआरएन क्यूस्युले नयाँ वर्ष धमाका २०१७ नाम दिएर सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।
कार्यक्रमा चर्चित गायक सुगम पोखरेल, नबिन के भट्टराई र नायिका नम्रता सापकोटाको प्रस्तुती रहने आयोजकले जनाएको छ । साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेने छ । कार्यक्रममा एनआरएनएका उपाध्यक्षद्धय भवन भट्ट लगायतको उपस्थिती रहनेछ ।
वि.सं.२०७३ पुस ८ शुक्रवार १०:१० मा प्रकाशित