back
CTIZAN AD

ओलिको ग्रह बलियो भएको र प्रचण्डलाई संकटा लागेको भुसालको दाबी

वि.सं.२०७७ वैशाख ३१ बुधवार

867 

shares

३१ वैशाख, काठमाडौँ । आफूलाई नेपाली काँग्रेसको कार्यकर्ता र भविष्यबेत्तासमेत दाबी गर्ने भक्तराज भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रह बलियो भएको र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संकटाका कारण उनी जेल पर्ने सक्ने बताएका छन् ।

आफूले अप्रिल २१ मा  देशका चार नेताहरुको भविष्यवाणि गरेकोमा प्रधानमन्त्री ओली र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेको मिलेको दाबी गर्दै उनले प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड बारे यस्तो भविष्यवाणि गरेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली अभिजित समयको ४ पाउमा नाम भएकोले यिनलाइ कसैले गिराउन नसक्ने र ७२ बर्षसम्म यिनको ग्रह बलियो भएको बताएका छन् । यिनको ग्रह बलियो भएको कारण जुनसुकै निर्णय पनि लिन सक्छन र ति निर्णय कार्यान्वयन पनि हुने जनाएका छन् ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको छबिलाल दाहालको नामबाट हेर्दा यिन मंगलको ४ पाउमा जन्मेकाले यिनको ग्रह पनि बलियो भएको बताउँछन् । तर ६५ बर्षबाट संकटा सुरु भएकाले विवादमा फसिरहने गरेको उनले बताएका छन् । उनले प्रचण्डलाई ७२ बर्ष भित्र केहि समय भएपनि जेल जानु पर्ने ग्रह रहेको यदि त्यो संकटबाट बचि हाले पनि कुनै दुर्घटना हुनसक्ने भविष्यवाणि गरेका छन् । ७२ वर्ष अगाडि यिनीबाट देशले खासै फाइदा पाउन नसकेपछि ७३ वर्षपछि देशको बागडोर यिनकै हातमा जाने र लामो समय टिक्ने योग भएको बताउँछन् ।

यिनले नेपाली काँग्रेसबा सभापति शेरबहादुर देउवाको ग्रह २०७२ देखि ७६ सम्म खराब रहेकै कारण जति गरेपनि जस नपाएको बताएका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जनम नाम यहि हो भने ७६ बर्ष भित्र नेतृत्व पाउने योग रहेको र कल्पना नगरेको ठूलो सम्मान पाउने योग रहेको बताएका छन् । त्यसपछि भने खासै अवसर प्राप्त नहुने बताउँछन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् :

“देशका चार नेताको भविस्यबाणि अप्रिल २१ मा गरेको थिएँ ।
ओलि र रामचन्द्र पौडेलको मिल्यो । बाँकी हेर्दै जान छ ।

नेपालको दसा, खड्कप्रसाद ओलिको दसा, छबिलाल दाहालको दसा, र शेरबहादुर देउवाको दसा नियालेर हेर्दा ज्योतिस बिज्ञान ले के भन्छ, यस्को बारेमा आज केहि भविस्यबाणि लेख्दै छु ।

नेपालको दसा २०७९ संम्म ठिकै चल्छ । यता पट्टि धेरै नसोचौ ! २०७९-८० मा नेपाल अर्कै हुन्छ ।

खड्कप्रसाद ओलि अभिजित समयको ४ पाउमा नाम भयकोले यिन्लाइ कसैले गिराउन सक्दैनन । ७२ बर्ष संम्म यिनको ग्रह बलियो छ । २०७३, ७६, ७७ खड्को छ । यिनको ग्रह बलियो भयको कारण जुनसुकै निर्णय पनि लिन सक्छन । र ति निर्णय कार्यान्वयन पनि हुन्छन ।

छबि लाल दाहाल मंगलको ४ पाउमा जन्मेका ले यिनि पनि सानो आगोले पोलिदैनन । ६५ बर्षबाट संकटा सुरु भयकाले बिबाद मा फसि राछन । यिनलाइ ७२ बर्ष भित्र केहि समय भयपनि जेल जान पर्ने ग्रह छ । या ठुलो कालले बाचे भन्ने घटना घट्छ । ७२ बर्ष अगाडि यिनिबाट खासै देसले फाइदा पाउदैन । ७३ बर्ष पछि देसको बागडोर यिन्को हातमा जाने योग छ । लामो समय जान्छ ।”

कांग्रेसका बरिष्ठ नेता राम चन्द्र पौडेलको जनम नाम यहि हो भने ७६ बर्ष भित्र नेतृत्वो पाउने योग छ ! ठुलो कल्पना नगरेको सम्मान पाउने इजत पाउने योग छ ! लगनसिलता मिलाउन जरुरि देखिन्छ ! त्यस पछि अवसर आउन सक्दैन आय ग्रहले बद्नामि बनाउछ !

सेर बाहादुर देउवा को ग्रह ७२-७६ खराब छ ! ध्यान पुर्याउन पर्छ ! याहा जे पनि हुन सक्छ ! जति गरेपनि जस केहि आउदैन ! यो ४ बर्ष राम्रो छैन ! केहि सफलता आउदैन ! सोच बिचार गरेर अगाडि बढ्न पर्छ !”

वि.सं.२०७७ वैशाख ३१ बुधवार १०:५७ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...