back
CTIZAN AD

नर्समा कोरोना देखिएपछि ललितपुरको निदान अस्पताल र आरोग्य फाउन्डेशन सिल गरियो

वि.सं.२०७७ वैशाख ३१ बुधवार

1K 

shares

३१ बैशाख, काठमाण्डौं । ललितपुरको आरोग्य फाउन्डेशन र निदान अस्पताललाई सिल गरिएको छ ।
मंगलबार आरोग्य अस्पतालमा कार्यरत एक नर्सलाई कोरोना संक्रमणको पुष्टि भएपछि सँगै रहेको निदान अस्पताललाई पनि सिल गरिएको हो ।

सुरक्षाकर्मीले ती दुई अस्पताल रहेको भवनलाई सिल गरेर त्यहाँ कसैलाई पनि आउन जान दिइएका छैनन् । ती दुई अस्पतालमा सिल गरेर उनीसँग सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङको कार्य भइरहेको छ ।

त्यसैगरी ती नर्स बस्ने भक्तपुरको शंखधर शाख्वा चोक क्षेत्रलाई पनि सिल गरिएको छ । मध्यपुर ठिमी नगरपालिका ४  मा बसेर आरोग्यमा काम गर्ने ती नर्समा संक्रमण भेटिएपछि त्यस क्षेत्रलाई पनि सिल गरिएको हो । उनी तीनदिन अघि सुनसरीको झुम्काबाट आएकी थिइन् । उनीसँगै आएका चालकलाई पनि क्वारेन्टाइनमा राखिएको छ भने उनलाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ ।

त्यस्तै भक्तपुरको दुवाकोटमा भेटिएका अर्का २७ पुरुष संक्रमित बस्ने क्षेत्र वरिपरी पनि सिल गरिएको छ । रामेछाप घरभई भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटमा बस्ने उनी शसस्त्र प्रहरी रहेको बताइएको छ । उनी मंगलबार नै टेकु अस्पतालको आइसोलेनसमा भर्ना भएका छन् ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार १३:३६ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...