back
CTIZAN AD

भरतपुरमा उपचार गराईरहेकी ६३ वर्षीया महिला संक्रमणबाट मुक्त

वि.सं.२०७७ वैशाख ३१ बुधवार

726 

shares

३१ बैशाख, काठमाण्डौं । भरतपुर अस्पतालमा उपचार गराइरहेका ६३ वर्षीया महिला कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

चितवनको राप्ती नगरपालिका ८ की ती महिला र उनका छोरालाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनका २७ वर्षीय छोरा यसअघि नै डिस्चार्ज भइसकेका छन् ।

उनी नेपालमा कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुने ३५ औं व्यक्ति हुन् । चैत ३ गते बेलायतबाट नेपाल आएका उनीहरु चैत ५ गते चितवन पुगेका थिए । उनीहरुमा बैशाख ४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

नेपालमा हालसम्म २१७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ३५ जना डिस्चार्ज भएर घर फर्किइसकेका छन् भने अन्यको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपालमा मंगलबार मात्रै ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार १४:०४ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...