back
CTIZAN AD

‘मलाई सुरक्षा खतरा छैन, सुरक्षाकर्मी फिर्ता लैजादा हुन्छ’-नेता नारायणकाजी

वि.सं.२०७७ वैशाख ३१ बुधवार

1.1K 

shares

३१ बैशाख, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले आफ्नो सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई कुनै पनि बेला राज्यले फिर्ता लैजान सक्ने बताएका छन् ।

पछिल्लोपटक नेपाली भू-भागमा भारतसँग देखिएको सीमा विवादसँगै सीमा सुरक्षाको लागि सुरक्षाकर्मी नपुगेकोे तथा नेताहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीको कटौती गरिने भनेर समाचार आइरहेका बेला नेता श्रेष्ठले बुधबार सामाजिक संजाल ट्विटरमार्फत् यस्तो कुरा बताएका हुन् ।

‘मैले पूर्वगृहमन्त्रीले लिनेगरेको गाडी र तेल सुबिधा शुरुदेखि नै लिईनँ । शसस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ। तर गत चुनाव अघि राज्यको सुरक्षा सँयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो ।’ प्रवक्ता श्रेष्ठले भनेका छन्,  ‘थाहै छ,म पछुवा नियमित प्रयोग गर्दिन । मैले आफुलाई सुरक्षा खतरा महशुष गरेको छैन । राज्य सँयन्त्रले त्यस्तो आँकलन गरेको छ भनेपनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ । त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ । यसबाट राज्यलाई अप्ठेरो परेको भए क्षमा याचना ।’

वि.सं.२०७७ वैशाख ३१ बुधवार १२:५१ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेट

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेट

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन तयारीदेखि समसामयिक राजनीतिसम्म छलफल, बैठक आज पनि  बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन तयारीदेखि समसामयिक राजनीतिसम्म छलफल, बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको...