back
CTIZAN AD

यी हुन् कोरोनाबाट बढी प्रभावित भएका १७ जिल्ला, कुन जिल्लामा कति छन् त संक्रमित ?

वि.सं.२०७७ वैशाख ३१ बुधवार

804 

shares

३१ बैशाख, काठमाण्डौं । नेपालमा हालसम्म कोरोना संक्रमणबाट बढी प्रभावित भएका जिल्ला १७ देखिएको छ । हालसम्म सप्तरी, रौतहट, वारा, पर्सा, धनुषा, सर्लाही, भोजपुर, उदयपुर, झापा, भक्तपुर, धादिङ, चितवन, कपिलवस्तु, रुपन्देही, बाँके, कन्चनपुर र कैलाली रहेका छन् । यी जिल्लामा कूल संक्रमितको संख्या २१९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार हालसम्म संक्रमित देखिएका २१९ मध्ये सबैभन्दा संक्रमणबाट प्रभावित हुने २ नम्बर प्रदेश रहेको छ । प्रदेश नं २ का ६ जिल्ला (सप्तरी, रौतहट, वारा, पर्सा, धनुषा र सर्लाही) मा हालसम्म ९६ जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी दोश्रोमा प्रदेश नं ५ रहेको छ । प्रदेश नम्बर ५ का तीन जिल्ला (कपिलवस्तु, रुपन्देही र बाँके) मा संक्रमितको संख्या ७२ पुगेको छ ।

तेश्रोमा प्रदेश नं १ रहेको छ । प्रदेश नं १ को तीन जिल्ला (भोजपुर, उदयपुर र झापा) मा ३५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

चौथोमा बाग्मती प्रदेश रहेको छ । बाग्मतीका तीन जिल्लामा ९ जना संक्रमित भेटिएका हुन् । जसमा भक्तपुर, धादिङ र चितवन रहेका छन् ।

त्यस्तैगरी पाँचौ नम्बरमा रहेको सुदूरपश्चिम प्रदेशका दुई जिल्ला (कन्चनपुर र कैलाली) मा संक्रमितको संख्या ५ रहेको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा २ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु दुवैजना निको भएर घर फर्किइसकेका छन् ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार १८:४७ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...