३१बैशाख, काठमाण्डौं । भक्तपुरमा मंगलबार एक नर्स र शसस्त्र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मध्यपुर थिमी नगरपालिकाले नगरपालिका क्षेत्रिभित्र पर्ने अरनिको राजमार्ग र भक्तपुर जाने पुरानो सडक राजमार्ग बाहेकका अन्य बाटोहरुमा सार्वजनिक आवागमन पूर्णरुपमा निशेध गरिएको जानकारी दिएको छ ।
त्यसैगरी नगर क्षेत्रभित्र आफ्नो घर वा भाडामा बस्ने व्यक्तिहरु उपत्यका बाहिर गएको भए फर्कि आउन नदिने र आएकालाई परीक्षण नगरी प्रवेश नदिने बताउँदै सम्बन्धीत घरधनीलाई सजग बनाउने बताएको छ ।
नर्समा कोरोना देखिएपछि ललितपुरको निदान अस्पताल र आरोग्य फाउन्डेशन सिल गरियो
‘उपत्यका बाहिर गएको भए फर्कि आउन नदिने र आएका भए परीक्षण नगरी प्रदेश नदिन सम्बन्धीत घरधनीलाई समेत कडा कारबाहीका लागि सम्बन्धीत कार्यालयमा सिफारिस गर्ने’ नगरपालिकाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै नगर क्षेत्रभित्र संचालनमा रहेका विभिन्न व्यवसाय मध्ये खाद्यान्न, औषधि पसल तथा अति आवस्यक वस्तुका पसल विहान ९ बजेसम्म मात्र संचालन गर्न दिने र अन्य व्यवसाय अर्को सूचना जारी नभएसम्म अनिवार्य बन्द गर्न समेत आग्रह गरेको छ ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार १९:३० मा प्रकाशित






























