back
CTIZAN AD

बैशाख ३१ सम्मको कोरोना अपडेट: साढे ८१ हजारमा परीक्षण, आइसोलेसनमा २३९ र रेडजोनमा ३५४ जना

वि.सं.२०७७ वैशाख ३१ बुधवार

741 

shares

३१ बैशाख, काठमाण्डौं । नेपालमा बुधबार (बैशाख ३१ सम्म) ८१ हजार ६५९ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ३,०९२ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट २१ हजार ३४० र आरडिटी प्रविधिबाट ६० हजार ३१९ जनामा परीक्षण गरिएको हो । पछिल्लो २४ घण्टामा देशैभरी २,३५७ वटा पिसीआर नमुना परीक्षण गरिएको छ भने ६९२ वटा र्यापिड टेष्ट गरिएको छ ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ८,३२०, प्रदेश नं २ मा ५,९३२, बाग्मती प्रदेशमा ९,३६३, गण्डकी प्रदेशमा ६, ५२६, प्रदेश नं ५ मा ७,२२१, कर्णाली प्रदेशमा ७,२२९ र सुदूरपश्चिम प्रदेशमा १५,७२३ जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा १४ हजार ३१३ जना रहेका छन् । जसमा प्रदेश नं १ मा ९५९, प्रदेश नं २ मा १,५७४, बाग्मती प्रदेशमा १०१, गण्डकी प्रदेशमा २७९, प्रदेश नं ५ मा ६,९८९ कर्णाली प्रदेशमा १,५६३, सुदूरपश्चिम प्रदेशमा २,८४८ जना रहेको स्वास्थ्य मन्त्रालयले बुधबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

आइसोलेशन र रेडजोनमा
त्यसैगरी हालसम्म आइसोलेसनमा २४५ जना रहेका छन् । जसमा उपत्यकामा ६ जना र बाहिरका अस्पतालमा २३९ जना रहेका छन् ।  जसमा प्रदेश नं १ मा २१, प्रदेश नं २ मा ९८, बाग्मती प्रदेशमा २५ र प्रदेश ५ मा १०१ जना रहेका छन् । साथै आजसम्म रेडजोन (संभावित संक्रमति) मा रहेकाको संख्या ३५४ पुगेको छ । उनीहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।

आज थपिएका २ सँगै संक्रमितको संख्या २१९ पुग्यो
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । आज कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय र नेपालगन्जका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । जसमा १७६ जना पुरुष र ४३ जना महिला रहेका छन् । नेपालमा मंगलबार एकै दिन ८३ जनामा कोरोना संक्रमण देखिएको थियो । जुन हालसम्मकै उच्च रहेको छ ।

आज थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१९ पुग्यो

निको हुनेको संख्या ३५ पुग्यो
यसैगरी कूल २१९ जना संक्रमितमा संक्रमण मुक्त हुने ३५ जना पुगेका छन् । आजमात्रै बुटवलमा उपचाररत २५ वर्षीय पुरुष एघारौं दिनमा र चितवनको भरतपुरमा उपचाररत ६३ वर्षीया महिला २६ औं दिनमा संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

कुन प्रदेश र जिल्लामा कति संक्रमित छन् त ?
हालसम्म संक्रमित २१९ जनामा प्रदेश नं १ का तीन जिल्ला (भोजपुर, उदयपुर र झापा) मा ३५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश नं २ का ६ जिल्ला (सप्तरी, रौतहट, वारा, पर्सा, धनुषा र सर्लाही) मा ९६ जना संक्रमित भएका छन् ।

त्यसैगरी बाग्मतीका तीन जिल्लामा संक्रमण देखिएको छ । जसमा भक्तपुर, धादिङ र चितवन रहेका छन् । बाग्मतीमा हालसम्म ९ जनामा संक्रमण देखिएको छ । साथै प्रदेश नं ५ का तीन जिल्ला ( कपिलवस्तु, रुपन्देही र बाँके) मा संक्रमितको संख्या ७२ पुगेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशका दुई जिल्ला (कन्चनपुर र कैलाली) मा संक्रमितको संख्या ५ रहेको छ ।

कोभिड १९ का लागि केश अनुसन्धान तथा कन्ट्याक खोज टिम परिचालन
त्यसैगरी कोभिड १९ का लागि केश अनुसन्धान तथा खोज पड्ताल टिम परिचालन गरिएको छ । उक्त टिम हरेक पालिकाहरुमा कार्यरत रहनेछ । त्यस्तै कोभिड १९ कै सन्दर्भमा स्वास्थ्य संस्था हरुमा कोभिड १९ रोकथामका लागि पकेट बुक तयार भएर लागु गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

आजसम्म साढे ७८ हजारमा कोरोना परीक्षण, संक्रमितको संख्या १९१, आइसोलेशनमा २२८ र रेडजोनमा ३४५ जना

वि.सं.२०७७ वैशाख ३१ बुधवार १८:०६ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...