back
CTIZAN AD

आजसम्म साढे ७८ हजारमा कोरोना परीक्षण, संक्रमितको संख्या १९१, आइसोलेशनमा २२८ र रेडजोनमा ३४५ जना

वि.सं.२०७७ वैशाख ३० मंगलवार

771 

shares

३० बैशाख, काठमाण्डौं । नेपालमा मंगलबार (बैशाख ३० सम्म) ७८ हजार ५९१ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा २,२३६ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १८ हजार ९६४ र आरडिटी प्रविधिबाट ५९ हजार ६२७ जनामा परीक्षण गरिएको हो । पछिल्लो २४ घण्टामा देशैभरी १,१५५ वटा पिसीआर नमुना परीक्षण गरिएको छ । केही दिन यता पिसीआर टेष्ट गर्ने कार्य केही मात्रामा बढ्दै गएको छ ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ८,०६३, प्रदेश नं २ मा ५,९३५, बाग्मती प्रदेशमा ९,३१६, गण्डकी प्रदेशमा ६, ५१४, प्रदेश नं ५ मा ७,२२१, कर्णाली प्रदेशमा ७,१६३ र सुदूरपश्चिम प्रदेशमा १५,४१५ जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा १२ हजार ७८५ जना रहेका छन् । जसमा प्रदेश नं १ मा ९७४, प्रदेश नं २ मा १,५३४, बाग्मती प्रदेशमा ९०, गण्डकी प्रदेशमा २९२, प्रदेश नं ५ मा ५,४४२ कर्णाली प्रदेशमा १,६९९ सुदूरपश्चिम प्रदेशमा २७५४ जना रहेको स्वास्थ्य मन्त्रालयले मंगलबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेशन र रेडजोनमा
त्यसैगरी हालसम्म आइसोलेसनमा २२८ जना रहेका छन् । जसमा उपत्यकामा १ जना र बाहिरका अस्पतालमा २२७ जना रहेका छन् ।

प्रादेशिक विवरण अनुसार प्रदेश नं १ मा २५ जना आइसोलेसनमा रहेका छन् । जसमा १९ जनामा संक्रमण पुष्टि भएका छन् भने ६ जना संभावित संक्रमित रहेका छन् ।
प्रदेश नं २ को आइसोलेनमा ८० जना रहेका छन् । जसमा ६८ जना पृष्टि भएका छन् भने १२ जना संभावित रहेका छन् । बाग्मती प्रदेशमा २५ जना आइसोलेसनमा रहेका छन् । उनीहरुमा २४ जना संभावित र १ जना पुष्टि भएका छन् ।

प्रदेश नम्बर ५ मा कूल ९८ जना आइसोलेनमा रहेका छन् । जसमा २८ जना संकास्पद रहेका छन् भने पुष्टि भएकाको संख्या ७० रहेको छ । हालसम्म १५८ जना संक्रमितहरु र ७० जना संभावितहरुको आइसोलेशनमा उपचार भइरहेको छ ।

साथै आजसम्म रेडजोन (संभावित संक्रमति) मा रहेकाको संख्या ३४५ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जना थपिएका हुन् । उनीहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।

एकैदिन ५७ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो

आज एकैदिन थपिएका ५७ संक्रमित सहित संक्रमण हुनेको संख्या १९१ पुग्यो
नेपालमा आज (बैशाख ३०) सम्म कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । आजमात्रै ५७ जना नयाँ संक्रमित पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमुना परीक्षणमा मंगलबार कपिलवस्तुका ८, रुपन्देहीका ९, पर्साका ३९ जना र वाराका १ जना रहेका छन् । उनीहरु सबै पुरुष रहेको पनि स्वास्थ्य मन्त्राालयले जनाएको छ । हाल सम्म संक्रमित मध्ये १५८ जना पुरुष र ३३ जना महिला रहेका छन् ।

संक्रमित मध्ये कहाँ कहाँ भइरहेको छ त उपचार ?
आज सम्म पुष्टि भएका १९१ जना संक्रमितमध्ये हालसम्म निको भएर घर फर्किनेको संख्या ३३ पुगेको छ भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ती मध्ये रुपन्देहीमा २८, विरगन्जमा २७, नेपालगन्जमा २४, विराटनगरमा १९, राजविराजमा १, भरतपुर १ र वर्दियामा १ गरेर जम्मा १०३ जनाको उपचार भइरहेको छ । साथै आज देखिएका ५७ जना याँ संक्रमितको विभिन्न अस्पतालमा उपचारका लागि ल्याइदै गरेको बताइएको छ ।

नेपालमा ७६ हजार बढीमा कोरोना परीक्षण,संक्रमित १२१, आइसोलेशनमा १५३ र रेडजोनमा ३४२ जना

वि.सं.२०७७ वैशाख ३० मंगलवार १७:३९ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...