back
CTIZAN AD

राहातमा रजाईं हुन थालेपछि श्रममा जोड्ने माहानगरको तयारी

वि.सं.२०७७ वैशाख ३० मंगलवार

843 

shares

३० वैशाख, काठमाडौं । सरकारले बितरण गरेको राहातमा रजाईं हुन थालेको भन्दै गुनासो बढे पछि काठमाडौं माहानगरले राहातलाई श्रममा जोड्ने तयारी थालेको छ । अत्याबस्यक सामाग्रीको व्यवसाय गर्नेले पनि बिभिन्न ठाउँबाट राहात लिइरहेको सरोकार वालाहरुले गुनासो गरे पछि माहानगरले यस्तो तयारी थालेको हो ।

खास गरि काठमाडौ उपत्यकमा यो समस्या देखिएको छ । सरकारले तोकेको बिहानको समयमा अत्याबस्यक सामाग्री, फलफुल तथा तरकारीको व्यवसाय गर्ने र दिउँसो सरकारले बितरण गर्ने राहातमा लाईन लाग्ने गरेका छन । यसरी राहातमा लिनेहरुलई स्थानिय संघसंस्थाले पनि सहजिकरण गरेको स्थानियले बताएका छन । कुनै कुनै ठाउँमा त दिनकै १० हजारसम्मको फलफुल तथा तरकारी व्यवसाय गर्ने भारतीयहरुले स्थानिय संघसंस्था, भारतीय दुताबास, सरकार सबै ठाउँबाट राहात लिएको तर जसले राहात पाउनु पर्ने हो त्यसले नपाएको पनि पाईएको छ । ‘राहात पाउनु पर्नेले नै राहात नपाएकोले समस्या परिरहेको छ’ माहानगकी उपप्रमुख हरिप्रभा खड्गीले बताईन ।

लकडाउनको बेला काठमाडौमा फलफुल बेच्दै एक भातीय महिला

विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसको माहामारीका कारण गत चैत्र ११ गतेदेखि देश बन्दाबन्दिको अबस्थामा छ । बन्दाबन्दिको अबस्थमा अत्याबस्यक सामाग्रीको व्यवसाय बाहेक सबै क्षेत्र बन्द छ । हजारौंले रोजागारी पनि गुमाएका छन । व्यवसाय बन्द भएका कारण रोजगारी गुमाए पछि अश्रित परिवारलाई सहज होस भनेर सरकारले खाद्यान्न सामाग्रीहरु राहत स्वरुप बितरण गरिरहेको छ । तर लकडाउनको झण्डै २ महिना पुग्न लाग्दा राहात बितरण सरकारका लागि घांडो जस्तै बन्न पुगेको छ ।

यसै सन्दर्भलाई मध्यनजर गर्दै देश कै सबैभन्दा बढी बजेट भएको स्थानीय तह काठमाडौ. माहानगरपलिकाले राहातलाई श्रमसंग जोड्ने तयारी गरेको छ । माहानगरका प्रबक्ता ईश्वरमान डंगोलका अनुसार माहानगरले यो अबधिमा ३ ठाउँमा सामुहिक मेस संचालन गर्नुका साथै सबै वडामा खाद्यान्न राहातको रुपमा बितरण गरेको छ । तर राहातले धन्न नसकिने अबस्था सृजना भएकोले अब राहातलाई श्रममा जोड्ने तयारि थालिएको छ । “लकडाउनमा केहि खुकुलो भएपछि ख्वाउन नै हम्मे हम्मे भएको छ”, प्रबक्ता डंगोलले भने “अब राहातलाई श्रमसंग जोड्छौं । ”

केहि दिन पहिले माहानगर कै कर्मचारी यो पसल गर्नेको कोठैमा राहात लिएर पुगेका थिए ।

अन्य दाताहरुले दिईएको जिन्सि सहयोग बाहेक काठमाडौं माहानगरपलिकाले मात्र हालसम्म ५ करोड ६८ लाख रुपैंया राहातको लागि निकासा गरिसकेको काठमाडौं माहानगरपालिका लेखा प्रमुख बुद्धरत्न मानन्धरले जानकारी दिएका छन ।

देशका कतिपय स्थानिय सरकारहरुले राहातलाई श्रमसंग जोड्ने योजना सार्बजनिक गरिरहेका छन । तर मनिसहरु श्रम गरेर राहात लिन ईच्छुक देखिएका छैनन । केहि दिन अघि ललितपुरको माहालक्ष्मी नगरपलिकामा राहातको लागि करिब १० हजार जनाले नाम लेखाएका थिए । १० हजारलाई राहात बाँढन हम्मे हम्मे परे पछि नगरपलिकाले राहातलाई श्रमसंग जोड्ने भने पछि १ हजारले पनि नाम दर्ता नगराएको नगरपालिका स्रोतले जनाएको छ ।

साईकलमा फलफूल बेच्दै ब्यापारि । दिनको ५ हजारको फलफुल बिक्रि हुने उनिहरुले बताएका छन ।

यस्तो अबस्थाले मानिसहरु माहामारीको बेलामा पनि लुट्न उद्यत छन भन्ने देखाउने भन्दै विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन । अब बालबालिका, बृद्धबृद्धा, अपाङ्ग तथा अशक्तहरु बहेकलाई राहतका नाममा बितरण गर्न नहुने उनीहरुको सुझाब छ ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार १७:२८ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...