back
CTIZAN AD

अपहेलित तर गुणी ‘लट्टे साग’

वि.सं.२०७७ वैशाख ३० मंगलवार

5K 

shares

विदेशमा ‘सुपर फुड’ अर्थात् अति उत्तम खाना भनिने लट्टेलाई नेपालमा भने प्रायः वास्ता गरिंदैन।

गाउँघरमा सजिलै उपलब्ध हुने लट्टेको साग पकाएर पाहुनालाई दिंदा धेरैले अपमानित भएको महसूस गर्छन् तर ठूला होटलमा त्यही लट्टे मनपराएर खानेहरू प्रशस्तै छन्।

नेपालका अधिकांश भागमा पाइने लट्टेका विविध नाम छन् । तराई तथा भित्रीमधेशमा यसलाई ‘रामदाना’ भनिन्छ । पहाडी क्षेत्रमा ‘लट्टे’ वा ‘लुँडे’ र कर्णालीमा ‘मार्से’ । मधेशका धेरै ठाउँमा ‘गेन्हारी साग’ पनि भन्छन्।

लट्टेमा गहुँभन्दा बढी रेसादार र लौहतत्व पाइन्छ । साथै भिटामिन ई, भिटामिन सी, फोलिक एसिड र क्याल्सियम आदि यसमा छन् ।
लट्टेका दानामा प्रोटिन हुन्छ । कुपोषणबाट बचाउन प्रोटिनको ठूलो महत्व हुन्छ । साथै लट्टेका दाना ग्लुटिनरहित हुने भएकाले गहुँमा रहेको ग्लुटिन पचाउन नसक्नेहरूका लागि समेत यो उपयोगी हुन्छ ।

विशेषगरी पहाडी क्षेत्रमा हजूरआमाहरू लगातार व्रत बस्नुपर्‍यो भने बीचमा एक दिन बेलुका लट्टेका दाना दूधमा पकाएर खाने गर्थे। पौष्टिकताले भरिपूर्ण भएकैले व्रत बसेका वेला यसको उपयोग भएको हुनुपर्छ।

लट्टेको दाना भुटेर तरकारीसँग खान मिल्छ । लट्टे र गहुँको पीठो मिसाएर स्वस्थकर रोटी बनाउन सकिन्छ । यसको पीठोको सुप बनाएर पिउन पनि मिल्छ । तरकारीसँग पकाएपछि यसको छिपछिपे रसमा स्वाद र पौष्टिकता दुवै हुन्छ । अझ त्यसमा गोलभेंडा पनि हालेर पकाइएको छ भने त भात वा रोटी कपाकप खान सकिन्छ।

लट्टेमा गहुँभन्दा बढी रेसादार र लौहतत्व पाइन्छ । साथै भिटामिन ई, भिटामिन सी, फोलिक एसिड र क्याल्सियम आदि यसमा छन् ।
लट्टेका दानामा प्रोटिन हुन्छ । कुपोषणबाट बचाउन प्रोटिनको ठूलो महत्व हुन्छ । साथै लट्टेका दाना ग्लुटिनरहित हुने भएकाले गहुँमा रहेको ग्लुटिन पचाउन नसक्नेहरूका लागि समेत यो उपयोगी हुन्छ । अर्थात् शिशु, महिला, गर्भवती सबैको लागि अति उपयोगी छ ।

लट्टेका दाना र पातको मुख्य विशेषता भनेकै यो जेसँग मिसाएर पकाउँदा पनि हुन्छ । यसको दाना चामल, फापर वा गहुँको पीठो आदिसँग मिसाएर उपयोग गर्न सकिन्छ । स्वाद र पोषण दुवै हुने भएकाले यसले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ ।

मेक्सिकोमा भने लट्टेका दानाबाट विभिन्न परिकार बनाइन्छ । त्यहाँ मकै जस्तै भुटेर महसँग मिसाएर पनि खाइँदो रहेछ ।
अन्य धेरै देशमा यसबाट बनेका विभिन्न परिकार कुप्लुक्क खान मिल्ने गरी बिक्री गर्न राखिएका हुन्छन्।

गुणी लट्टे आजै खाउँ, खोजीखोजी खाउँ ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार १७:२१ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...