back
CTIZAN AD

उत्तेजना या तरल राष्ट्रवादले सीमा विवाद समाधान भएका उदाहरण कम छन्

वि.सं.२०७७ वैशाख ३० मंगलवार

684 

shares

भीम रावलजीलाई नै परराष्ट्र या प्रधानमन्त्री बनाए पनि लिपुलेक फिर्ता आइहाल्दैन । नक्सामा पनि छैन, उपभोगमा पनि छैन । फेरि मोदीले कब्जामा लिएर आजमात्रै सड़क बनाएको पनि होइन । हाम्रा नेतालाई यसबारे थाहा नभएको पनि होइन ।

सरकारले केही नगरेको भन्न मिल्दैन । विज्ञप्तिमा हस्ताक्षर भएन भन्नु कुनै तर्क होइन । त्यो विज्ञप्ति भारतले ‘नोट’मा लिएर प्रतिक्रिया दिइसक्यो । उसको प्रतिक्रिया पनि स्वाभाविक हो । आफ्नै नक्सा र उपभोगमा रहेको जग्गामा बनेको बाटोलाई उसले आफ्नै भन्ने भयो ।

अब कूटनैतिक प्रयास बढाएर र ऐतिहासिक दस्ताबेज या प्रमाणहरू जुटाएर विज्ञस्तरमा छलफल अघि बढाउने र त्यो क्षेत्रलाई ‘विवादित क्षेत्र’को रूपमा स्थापित गर्दै जाने हो । अहिले त नक्सामा पनि त्यो भाग छैन । विश्वलाई कसरी कन्भिन्स गर्ने ? त्यसका लागि कम्तिमा महाकालीको मुहान समेटिएको नक्सा प्रकाशन गर्न ढिलो हुनुभएन ।

आफ्नै नक्सामा भएको र आफैले उपभोग गरेको भूमि फिर्ता गर्न भारतलाई पनि सजिलो छैन । त्यहाँ पनि हाम्रो जस्तै तरल राष्ट्रियता छ । हामीले जति यो विषयलाई नागरिक स्तरमा प्रचारमा लैजान्छौं, त्यति नै उता पनि जान्छ नै । जति जति यो नागरिक र भीड़को मुद्दा बन्छ, त्यति नै यो जटिल र असम्भव बन्दै जान्छ । मोदी या दिल्लीले चाहेर पनि फिर्ता हुन नसक्ने परिस्थिति बन्न सक्छ । दुई देशबीच मित्रवत सम्बन्ध हुँदा सीमा व्यवस्थापन जति सजिलो हुन्छ, शत्रुवत सम्बन्ध भयो भने त्यो त्यति नै मुश्किल हुन्छ । बङ्गलादेशसँग सीमा विवाद नागरिक मुद्दा बनेन । सजिलै जग्गाको आदानप्रदान भयो । तर पाकिस्तानसँग एक इन्ची जग्गा मात्रै छोड्ने हो भने भारतमा सरकार ढल्छ ।

यो ओलीले भने जस्तै सड़कमा प्रदर्शनको मुद्दा होइन । तर उनी आफै प्रतिपक्षमा हुँदा भने यो ज्ञान उनमा हुँदैन । हामीलाई सरकारले आजै वार्ता गरोस् र त्यो भूभाग ल्याइहालोस् भन्ने लाग्नु स्वाभाविक हो । तर यो नेपाल सरकारले चाहने बित्तिकै भइहाल्ने विषय पनि होइन । सजिलै आउने भए अहिलेका सबै दल र नेताले उहिल्यै ल्याउने थिए ।

प्रधानमन्त्रीले हरेक दिन या कम्तिमा हरेक साता आधा घण्टाको पत्रकार सम्मेलन आयोजना गर्ने र त्यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाका प्रश्नलाई रिफरेन्स र तथ्यसहित जबाफ दिने हो भने यो सजिलै अन्तर्राष्ट्रिय चासोको विषय बन्छ । विश्वभर यो महामारी शुरू भएदेखि सरकार प्रमुखले हरेक दिन पत्रकार सम्मेलन गर्छन् र प्रश्नोत्तर गर्छन् । हामीकहाँ एउटा सचिबले दिनदिनै एउटा पाना पढेर कर्मकाण्ड पूरा गर्ने गरेका छन् ।

दुःखका साथ भन्नुपर्दा लिपुलेक मुद्दामा नेपालले मुख्य रूपमा गर्न सक्ने भनेको बोल्ने नै हो । सरकार र प्रतिपक्ष दुबै सुनिने गरी बोलेका छन् । यो सुखद् पक्ष पनि हो । यसले बिस्तारै भारतलाई वार्तामा बस्न दबाब र सहयोग दुबै गर्छ । हाल आफ्नै नक्सा र स्वामित्वको भूभागबारे वार्तामा बस्न उसलाई पनि सजिलो छैन ।

सीमा विवाद उत्तेजना या तरल राष्ट्रवादले समाधान भएका उदाहरण कम छन् । अझ कमजोर देशले त उत्तेजनाबाट पाउने भन्दा पनि गुमाउने मात्रै हो । यो अमुक पार्टीको या नागरिकको मुद्दा होइन, देशको मुद्दा हो र देश नै लड्ने हो । यतिबेला लड्नुपर्ने जति नलडेको होला, तर देश चुप बसेको भन्न मिल्दैन ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार १७:०३ मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...