back
CTIZAN AD

प्रधानमन्त्रीको प्रेस सल्लाहकार थापा तीन दिनको उपचार पछि घर फर्किए

वि.सं.२०७७ वैशाख ३० मंगलवार

789 

shares

२९ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापा तीन दिनको अस्पताल बसाईपछि घर फर्किएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो पित्तथैलीमा करिब दुई दर्जन ससाना पत्थरहरू देखा परेर छ महिनाअघिदेखि समस्या देखिदै आएको र अचानक अप्रेसन गर्नुपर्ने अवस्था आएकोले शिक्षण अस्पतालमा अप्रेसन गरिएको बताएका छन् ।

अप्रेसन सफल भएपछि अस्पतालबाट डिस्चार्ज भई निवासमा आराम गरिरहेको जानकारी गराउँदै उनले  आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैमा धन्यवाद दिएका छन् । उनले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स तथा सबै शुभेच्छुकहरुप्रति विशेष आभार व्यक्त गरेका छन् ।

उनले लेखेका छन् :
“तीन दिनकाे अस्पताल बसाइपश्चात् म भर्खरै डिस्चार्ज भएकाे छु । पित्तथैलीमा करिब दुई दर्जन ससाना पत्थरहरू देखा परेर छ महिनाअघिदेखि समस्या परिआएकाे थियाे । बैशाख २८ गते अस्पताल भर्ना भई हिजाे बिहान ११:०० बजे
Gallstone disease complicated with biliary pancreatitis काे Laparoscopic cholecystetomy Surgery सम्पन्न भएकाे छ । आकस्मिक रूपमा गर्नुपरेकाे यस उपचारकाे लकडाउनकाे असामान्य बेलामा समेत उचित प्रबन्ध मिलाएकाेमा शिक्षण अस्पताल परिवार, विशेषत: कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गा, Gastrointestinal Surgery Unit III का प्रमुख प्राडा प्रदीप वैद्य, यस शल्यक्रियाकाे नेतृत्व गर्नुभएका डा. प्रसन्न कंसाकार, प्राडा सुवास आचार्य, डा. नीना श्रेष्ठ, डा. निराजन सुवेदी, डा. शरद अधिकारीसहित सबै चिकित्सकहरू, नर्सहरू र अरू शुभेच्छुकहरूप्रति विशेष आभारी छु ।
अस्पतालमै पुगेर स्वास्थ्यलाभकाे कामना गर्नुहुने उपप्रधानमन्त्री तथ रक्षामन्त्री ईश्वर पाेखरेल, पर्यटन मन्त्री याेगेश भट्टराई, प्रधानमन्त्रीज्यूका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूलगायत मेरा अाफन्तजन, मित्रजन र कमरेडहरू सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
टेलिफाेन र साेसल मिडियाद्वारा स्वास्थ्यलाभकाे कामना गर्नुहुने देशविदेशमा रहनुभएका सम्पूर्ण शुभेच्छुकहरूलाई पनि हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु ।
म अस्पतालबाट डिस्चार्ज भई निवासमा आराम गरिरहेकाे पनि सबैमा जानकारी गराउन चाहन्छु ।”

वि.सं.२०७७ वैशाख ३० मंगलवार १५:२२ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...