back
CTIZAN AD

नेपाली सिमा अतिक्रमण बारे जनप्रगतिशिल मोर्चा युरोपले बनाए एउटै स्वर

वि.सं.२०७७ वैशाख ३० मंगलवार

876 

shares

२९ वैशाख, काठमाडौँ । भारतद्वारा नेपालको लिपुलेक हुँदै चीनको सिमाना जोड्ने सडकको उद्घाटन गरेको विषयलाई लिएर देश तथा विदेशका नेपालीहरुले विरोध जनाएका छन् ।

यसैक्रममा युरोपका नेपाली जनप्रगतिशिल मोर्चाहरुले सामूहिक रुपमा प्रेस विज्ञप्ती जारी गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले भारतको अतिक्रणकारी कार्य र गतिविधिको कडा शब्दमा विरोध तथा भ्रर्त्सना गरेका छन् ।

नेपालमाथि भारतको हस्तक्षेप निरन्तर भएको भन्दै सन् १९६२ देखि नै नेपालको लिम्पियाधुरा, कालापानी क्षेत्रमा सैनिक अखडा राख्ने प्रक्रियाको निरन्तारको एक उत्कर्ष भएको विज्ञप्तीमा उल्लेख छ ।

उनीहरुले भारतले आफ्नो भूमिमा सडक र पुल निर्माण गर्दा समेत नेपाल सरकार बेखबर रहेको कुरा गम्भिर रहस्यमय भएको भन्दै नेपाली सत्ताधारीको भारतपरस्त तथा आत्मसमर्पणवादी चरित्र भएको आरोप लगाएका छन् ।

भारतको अतिक्रमणकारी कदम र नेपाल सरकारको आत्मसमर्पणवादी नीतिका कारण नै नेपालको सार्वभौम सँधै खतरामा परेको ठहर पनि विज्ञप्तीमा जनाइएको छ ।

उनीहरुले तत्काल मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न तथा आगामी कदम के हो तुरुन्त सार्वजनिक गर्न नेपाल सरकारसँग माग गरेका छन् । साथै विज्ञप्तिमा नेपाली भूमि अतिक्रमण तथा उपभोग गर्ने भारतीय नीतिमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी नहुन चीन सरकारलाई अपिल गरिएको छ ।

विज्ञप्तिमा नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेल, युरोपका महासचिव तथा पोल्यान्ड मोर्चाका अध्यक्ष डा. सुवर्णबाबु सापकोटा, नेपाली जनजाति सरोकार मञ्च बेल्जियमका अध्यक्ष बदन योङहाङ, बेल्जियम मोर्चाका अध्यक्ष मेख गुरुङ, जर्मनी मोर्चाका अध्यक्ष शेरबहादुर तुम्बापो, पोर्तुगल मोर्चाका अध्यक्ष पूर्णबहादुर वि।क।, स्पेन मोर्चाका संयोजक इश्वर शर्मा र बेलायत मोर्चाका संयोजक टिएन रिजालले हस्ताक्षर गरेका छन् ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार १८:१२ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...