back
CTIZAN AD

दश वर्षभित्रै देश सम्बृद्द बनाउन यी काम गरौं

वि.सं.२०७७ जेठ २ शुक्रवार

666 

shares

बिदेशमा रहेका नेपालीहरू नेपाल फर्किने र फर्काउने माग र आह्वान गरि रहेको सन्दर्भमा यी तल उल्लेखित काम र योजना सँगसँगै लान सके नेपाल एकदशक भित्रै निकै उन्नत र प्रगतिको दिशातिर गइरहेको लक्षण र आधार पक्कै बन्ने छन् ।

यसको लागि खालीरहेका पहाड-हिमाल-तराइ-मधेशका जमिनहरूमा ठूला ठूला कृषि फार्म, पशुपालन, फलफूल उत्पादनका काममा लगाउनु अनिवार्य हुन्छ । हिमाल र पहाडमा ठाउ–ठाउमा ताल र बाँध बनाएर खोला झरनाका पानी जम्मा गर्न र पहाड र हिमालमा प्रयोग गर्ने गरी आधारहरू निर्माणहरू गरिनु पर्छ । तराइ र मधेशमा वस्ति, भूमि र बजारको सुरक्षा हुनेगरी ठूला–ठूला नहर र तालहरू बनाउनु पर्छ । ठूला खोलाहरू बस्तिमा नपसुन अनि जमिन बस्ति नबगाउन भनेर कुनै अनावस्यक पहाड काटेर त्यो पहाडको माटो र ढुंगा प्रयोग गरेर पर्खालहरू बनाउनु पर्छ । यसको लागि ढुंगा माटो ओसार्न रेलको प्रयोग गर्न सक्छौ ।

बर्षा र बाढी आएको बेला ती ठूला-ठूला पोखरीमा पानी जम्ने गरी नहर बनाऔ । सुख्खा र आवस्यक परेको बेला प्रयोग हुने गरी ती तालका पानी सिंचाई, खानेपानी, सरसफाइ, माछापालन र पशुपालनमा प्रयोग गरौ । ठाउँ–ठाउँमा औघोगिक क्षेत्र निर्माण गरौ । ठाउँ–ठाउँमा नयाँ–नयाँ योजनावद्द बस्ति, बजार र शहरहरू बनाऔं । देशैभरी बाटो, रेलमार्ग, रोपवे, एयरपोर्ट बनाऔ । यो उत्पादन, निर्माण र आधारभुत कुराको लागि नेपालभित्रका बेरोजगार र बाहिरबाट नेपाल आउन चाहने जनशक्तिहरूलाइ माथि उल्लेखित काम र निर्माणहरूमा लगाउन सकिन्छ ।

भारत लगायत अरबतिर रोजगारी गर्न जाने क्रम रोकौ । नेपालबाट भारतमा जाने झण्डै पाँच खरब रेमिटेन्स देशमै रोकौं । यसका लागि भारत र अरबतिर हुने तलब र सुविधा नेपालमै दिने व्यवस्था र अवस्था सिर्जना गरौं । सकिन्छ भने आकर्षण गर्ने र नेपालमै जनशक्ति राख्ने हो भने विदेशमा भन्दा बढी हुने गरी तलब र सुविधाको व्यवस्था स्वदेशमै गरौं ।

त्यस्तै भारतबाट नेपालमा काम गर्न आउने श्रमिकहरु रोकौ । भारतसँग हुने बिहेवारी रोकौ । नेपालको सिमानामा हुने समस्या र झै– झगडा सधैको लागि वन्द हुनेगरी काँडेतार या पर्खाल लगाऔं । चोरी लुकी हुने आवतजावत रोकौ । नेपाली नेपालीबीच तराइ–मधेशका जनता र पहाड–हिमालका जनता बिच बिहेवारी गर्ने चलन बसालौं ।

आजको राज्य, सरकार, दल, बुद्धिजीवी, संञ्चारकर्मी, कलाकार, लेखक सबैले यस्तो सचेतना र आवश्यकताको प्रचार–प्रसार गरौ । बाहिर गएको र रहेको जनशक्तिलाइ सुरक्षित र भविस्यपरक व्यवस्थापन गर्नेगरी मात्र नेपाल भित्राउने काम गरौ । होइन भने, नेपाल अर्को ठूलो समस्यामा पर्न सक्छ । आवस्यक आम्दानी हुने र सुविधाजनक बसाइ हुने बन्दोबस्त गर्ने उद्धेश्य, योजना र कार्यक्रमसहित र ती निर्माण र उत्पादनमा ती जनशक्ति प्रयोग गर्न र गराउन नेपालको जनशक्ति नेपालमै रहने र भित्राउने गरी कामगर्न जरूरी छ । ती जनशक्तिलाई उत्पादन र निर्माणमा लगाउनु पर्छ ।

बाहिर रहेका जनशक्ति नेपाल फर्कने र फर्काउने नाममा यसले अर्को चुनौती र समस्या देश तथा समाजले देख्न र भोग्न नपरोस् । यसमा ध्यान दिनु जरूरी छ । श्रम र श्रमिकलाइ सानो ठान्ने र हेला गर्ने मानसिकता र व्यवहार बदल्नु जरुरी छ । आफ्नो देशमा सानो काम नगर्ने विदेशमा जे पनि गर्ने मानसिकता हटाएर आफ्नै देशमा सबै खाले सानो–ठूलो काम गर्ने अभियान चलाउनु पर्छ । यसको लागि श्रम र कामको सम्मान गर्दै एउटा कामबाट मानिस र परिवारको जायज आवस्यकता पुग्ने ज्याला, तलब, सुविधा र औषधी उपचारको व्यवस्था गरिनु पर्दछ ।

शिक्षा बिधालयस्तर सम्म निःशुल्क र अनिवार्य हुनुपर्छ । बालश्रम पूर्ण बन्देज र प्रत्येक बाल वालिकाले पढ्नैपर्ने आधार बनाइ दिनुपर्छ । प्रत्येक काम र आम्दानी कर भित्र पारिनु पर्छ र माहामारी र बेरोजगार हुँदा राज्यले आवस्यक सहयोग हुने व्यवस्था बनाउनु पर्छ ।

के देश र नेतृत्वहरूले यस्तो सोचेको र गर्न खोजिरहेको छ ? या जे पर्छ पर्छ भनेर हिजोको जस्तै नीति र प्रवृत्ति हावी भैरहन्छ ? यसले त न कुनै देश सम्वृद बन्छ न कुनै समाज शान्त बन्छ मात्र उथलपुथल र अस्थिरताको आधार मात्र जीवित भइरहन्छ । अस्तव्यस्त बनि रहन्छ । भष्ट्रचार र व्यभिचार बढी रहन्छ । प्रत्येक व्यवस्थामाथि समस्या आइरहन्छ ।

वि.सं.२०७७ जेठ २ शुक्रवार १९:०० मा प्रकाशित

ओखलढुंगामा अम्बिरबाबु गुरूङ नै किन ?

ओखलढुंगामा अम्बिरबाबु गुरूङ नै किन ?

ओखलढुंगा जिल्ला लामो समयदेखि ओझेलमा पर्‍यो, विकासमा पछाडी पर्‍यो।तपाइको समर्थन...

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

विश्व इतिहासमा कृषि उत्पादन वृद्धिका दृष्टिले “हरित क्रान्ति” (Green Revolution)...

साँस्कृतिक उपनिवेशवादको प्रभाव र बच्ने उपाय

साँस्कृतिक उपनिवेशवादको प्रभाव र बच्ने उपाय

१. पृष्ठभूमि सांस्कृतिक उपनिवेशवाद भनेको एक प्रमुख संस्कृतिको मूल्यमान्यता, विश्वास...

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपाल एक कृषि प्रधान देश हो। यहाँको जनसंख्याको ठूलो हिस्सा...

नेकपाको बढ्दो लोकप्रियता

नेकपाको बढ्दो लोकप्रियता

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधी सभा सदस्य निर्वाचन...

सामाजिक–आर्थिक विश्लेषणमा ऐतिहासिक विधिको महत्व

सामाजिक–आर्थिक विश्लेषणमा ऐतिहासिक विधिको महत्व

सामाजिक परिवर्तनको अध्ययनमा ऐतिहासिक विधिमा विगतका घटनाहरू, संस्थाहरू र सामाजिक...