back
CTIZAN AD

डोकामा, बसमा, रेलमा र पानी जहाजबाट पठाएर बिजुलि बेच्न सकिंदैन

वि.सं.२०७७ जेठ ६ मंगलवार

753 

shares

६ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले डोकामा, बसमा, रेलमा र पानी जहाजबाट पठाएर बिजुलि बेच्न नसकिने बताएका छन ।

सरकारको नीति तथा कार्यक्रम बारे उठेका प्रश्नहरुको उत्तर दिँदै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा एमसीसी घुसाइएको भन्ने आरोपको खण्डन गर्दै चोरबाटो जान आवश्यक नरहेको, विजुली डोकामा, बसमा, रेलमा पानी जहाजमा राखेर वा पठाएर बिक्रि हुँदैन । ट्रान्समिसन प्रणाली चाहिएकोले त्यो विषय उल्लेख भएको हो । एमसीसी भएपनि र नभएपनि त्यो गर्नै पर्ने विषय राखिएको भन्दै आवश्यकतालाई बुझ्न सांसदहरुसँग अनुरोध गरेका छन ।

उनले आफूले पनि छलछाम नगर्ने र अरुको छलछाममा पनि नफस्ने बताएका हुन् । संसदको दुवै सदनको संयुक्त बैठकमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्रोतमा आधारित सत्यताको पक्षमा लागेको हुनाले कुनै पनि प्रकारको छलछाम जरुरी नहुने बताएका हुन् ।
कोरोना माहामारीको प्रभाव, सरकारको क्षमतामाथि प्रश्न, सीमा अतिक्रमण, शुशासन, लोकतान्त्रिक मुल्य मान्यता आदिका बारेमा ११२ जना माननीयहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । संसद सचिवालयका अनुसार ५ जना माननीयहरुले नीति तथा कार्यक्रममा संसोधन प्रस्ताव समेत पेश गरेका छन् ।

संसदमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोरोनाबाट ४०३ जना प्रभावित भएको, २ जनाको दुखद् निधन हुन पुगेको, ५७९०४ जनालाई पुग्ने क्वारेन्टाइन क्षमता मध्ये २० हजार राम्रो भएको, ३४ जिल्लामा संक्रमण पुगेको २३ जनवरी यता नेपालमा ३६ जना निको भैसकेको लगायतको कोरोना सम्बन्धि तथ्याङ्क राख्दै विश्वको अन्य देशको तुलनामा नेपालले राम्रो काम गरेको बताएका छन् ।

लकडाउनमा समेत राजनीति गर्न खोज्नेहरुप्रति दुःख व्यक्त गर्दै उनले वडा वडामा संयन्त्र बनाएर समस्या समाधान गर्न शुरु गरिएको, सुशासनको अनुभूति गराइएको, भ्रष्टाचारीहरुलाई कारवाही गरिएको, दुई वर्षमा ३६ सय किलोमिटर बाटो बनाइएको, ३२५ वटा पक्की पुल बनाइएको, तुइन युगको अन्त्य गरिएको, सडक बालबालिका शुन्य बनाइएको लगायतका उपलब्धी जाँचेर हेर्न चुनौती दिएका छन ।

सिमा अतिक्रमण सम्बन्धी प्रश्नको जवाफमा उनले ‘आफ्नो भूभाग समेटेर नक्सा पारित भैसकेको र छिट्टै सार्वजनिक हुने तथा भारतीय अतिक्रमणपछि विवादस्पद् बनाइएको भूमि जसरी पनि लिने’ बताएका छन् । उनले भारत समक्ष प्रश्न गरे । ‘सत्य मेव जयते, की सिंहमेव जयते ।’ उनको यो प्रश्न भारतीय निशानाछापको अंकित चित्रहरु स्मरण गर्दै आएको हो ।

सरकारले आत्मभत्सर्ना गर्नुपर्ने कुनै काम नगरेको कारण कमजोर नठान्न चेतावनी दिँदै उनले आफ्नो सरकार उच्च मनोबल र पूर्ण आत्मविश्वास सहित अघि बढेको बताएका छन् । सरकार ५ वर्षलाई निर्वाचित भएको र स्थायी रहेको बताउँदै उनले छलछाम र भागदौडको खासै अर्थ नहुने समेत बताएका छन् ।

पार्टी भित्रै विवादमा रहेको एमसीसी प्रकरण सम्बन्धमा भने उनले आफ्नो व्यक्तिगत विचारमा एमसीसी जरुरी भएको बताउँदै सभामुखको टेबुलमा रहेको सो प्रस्तावको अनुमोदन अब संसदको हातमा रहेको दोहो¥याएका छन् ।

वि.सं.२०७७ जेठ ६ मंगलवार १६:१३ मा प्रकाशित

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ...

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...