back
CTIZAN AD

पूर्व कृषिसचिवको कृषि मन्त्रीलाई ७ बुँदे सुझाव

वि.सं.२०७७ जेठ ११ आइतवार

777 

shares

११ जेठ, काठमाडौँ । गण्डकी प्रदेशका पूर्व कृषि सचिव शरदचन्द्र श्रेष्ठले कृषि मन्त्रीलाई आफ्नो तर्फबाट केही सुझाव राखेका छन् ।
कृषि तथा पशुपंक्षिमन्त्रीले कृषि क्षेत्रमा सुधारका राम्रा कुराहरु ल्याउनु भएको भन्दै श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत ७ बुँदे सुझाव राखेका हुन् ।

आखिरमा हाम्रो बाँच्ने आधार जल, जमिन, जनशक्ति र जङ्गल नै भएकोमा जोड दिँदै उनले यसको विकासका लागि सम्पूर्ण काम पालिकामार्फत गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

‘स्वास्थ उत्पादन सुनिस्चित बजारीकरणको ब्यवस्थापनले किसान र उपभोक्ता खुसी हुने माहोल बन्ने’ उनको भनाइ रहेको छ ।

कृषि मन्त्रीलाई दिएको सुझाव यस्तो छ :
“देश शब्दमा, बोलिमा र बहसमा कृषिमय भएको छ, आखिरमा हाम्रो बाँच्ने आधार जल, जमिन, जनशक्ति र जङ्गल नै त हो । कृषि मन्त्रीले केही समयको गुप्तबास पछि, राम्रा राम्रा कुरा निकाल्न थाल्नु भा छ । सामाजिक सन्जालमा सुझाव र अपेक्षा निकै प्रकट भएका छन्, मैले नि आफ्नो कुरा संजाल मार्फत धेरै पटक राखेको छु, आज फेरि राख्न मन भो ।
१) सबै स्थानीय निकायले किसानको पहिचान, वर्गीकरण र सूचीकरण गर्नेछ।
२) सबै पालिकामा भौगोलिक अनुकुलताको आधारमा व्यावसायिक कृषिको थालनी हुनेछ।
३) पालिकामा सबै जनशक्तिलाई सम्मान मिल्नेछ नकि प्रशासनको हैकममा बस्नु परोस।
४) पालिकाहरुमा आवश्यकता र उत्पादनको आधारमा जनशत्ति ब्यबस्थापन हुनेछ।
५) कृषि प्रसार र अनुसन्धान बिभाग बन्ने छ, ज्ञान, बिज्ञ, फार्म र तालीम केन्द्र स्थानीय सरकारलाई प्राबिधिक सहयोग गर्न यसै अन्तर्गत राखिने छ ।
६) राष्ट्रिय गौरव र प्रादेशिक गौरबका आयोजना बाहेक सम्पूर्ण कार्यक्रम पालिकाले गर्नेछ।
७) स्वास्थ उत्पादन सुनिस्चित बजारीकरणको ब्यवस्थापनले किसान र उपभोक्ता खुसी हुने माहोल बन्नेछ ।
जय जननी
जय कृषि जय किसान !!
जय पशुपति नाथ !!!
जेष्ठ ११, मिनभवन !

वि.सं.२०७७ जेठ ११ आइतवार ०९:४२ मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...