back
CTIZAN AD

भारतमा कोरोनाको कहरः एकैदिन ६ हजार बढीमा संक्रमण, १३७ को मृत्यु

वि.सं.२०७७ जेठ ११ आइतवार

849 

shares

११ जेठ, नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा छ हजार ६५४ जना नयाँ सङ्क्रमित पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक लाख २५ हजारभन्दा बढी भएको छ ।

त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म तीन हजार ७२० जनाको मृत्यु भएको छ । तीमध्ये १३७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

केन्द्रीय स्वास्थ्य तथा परिवारकल्याण मन्त्रालयले देशभर अहिले पनि सङ्क्रमित अवस्थामा रहेकाहरुको संख्या ६९ हजार ५९७ रहेको जनाएको छ । मन्त्रालयका अनुसार अरु ५१ हजार ७८३ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

मन्त्रालयका अधिकारीहरुले कुल सङ्क्रमित मध्ये ४१।३९ प्रतिशत निको भएको जानकारी दिएका छन् ।
देशभरी पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएका १३७ जना मध्ये सबैभन्दा धेरै महाराष्ट्रका ६३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी गुजरातमा २९ जना, दिल्ली र उत्तरप्रदेशमा १४, १४ जना, पश्चिम बंगालमा छ जना, तमिलनाडुमा चार जना, राजस्थान, मध्य प्रदेश र आन्ध्र प्रदेशमा दुई दुई जनाको मृत्यु भएको छ भने हरियाणामा एक जनाको मृत्यु भएको छ ।

देशभरी कोरोनाका कारण मृत्यु भएका कुल तीन हजार ७२० जनामध्ये सबैभन्दा धेरै महाराष्ट्रमा एक हजार ५१७ जना रहेका छन् ।
त्यसैगरी गुजरातमा ८०२, मध्ये प्रदेशमा २७२, पश्चिम बंगालमा २६५ जना र दिल्ली प्रदेशमा २०८ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी राजस्थानमा १५३ जना, उत्तर प्रदेशमा १५२ जना, तमिलनाडुमा ९८ जना र आन्ध्र प्रदेशमा ५५ जना भएका छन् । रासस

वि.सं.२०७७ जेठ ११ आइतवार २०:४० मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...