back
CTIZAN AD

कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि नरैनापुरमा सेना परिचालन

वि.सं.२०७७ जेठ ११ आइतवार

753 

shares

११ जेठ, काठमाण्डौं । बाँकेको नरैनापुर गाउँपालिकामा कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि सेना परिचालन गरिने भएको छ ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि आजै राति ८ बजेदेखि गाउँपालिकामा निशेषधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार गाउँपालिकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने छ । लकडाउन प्रभावकारी बनाउन, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि सहजरुपमा कामगर्ने वातावरण बनाउन तथा शान्ति सुरक्षाका लागि यस्तो निर्णय गरिएको जनाइएको छ ।

बैठकले नैरनापुरमा थप चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरिने निर्णय समेत गरेको छ ।
नरैनापुरमा पछिल्लो समय कोरोना संक्रमित देखिएकालाई आइसोलेसमालैजान नदिने, संक्रमितलाई भगाउने, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई असहयोग गर्नेलगायतका कामहरु स्थानीयबाटै हुन थालेपछि संक्रमणको स्थिति नियन्त्रणबाट बाहिर जान थालेको भन्दै गाउँपालिकाले संघीय सरकार र प्रदेश सरकारसँग सहयोग मागेका थियो ।

नरैनापुरमा कोरोना संक्रमणको भयावह हुने स्थिति देखिएपछि बाँके प्रशासनमार्फत् प्रदेश सरकार र संघीय सरकारसँग स्थिति नियन्त्रणका लागि सहयोग मागिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

स्वास्थ्यमन्त्रालयले जानकारी गराएको पछिल्लो तथ्यांक अनुसार नरैनापुरमा मात्र हालसम्म ११४ जनामा कोरोना सङक्रमण देखिएको छ । तीमध्ये २५ वर्षीय युवाको क्वारेन्टाइनमै मृत्यु भएको थियो ।
हलसम्म बाँकेमा कोरोना संक्रमितको संख्या १४२ पुगेको छ ।

वि.सं.२०७७ जेठ ११ आइतवार २०:१५ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...