अहिले उर्जा मन्त्रालयले एउटा नारा उठाएको छ ‘हाम्रो खोला हाम्रो पानी, जलबिधुतमा हाम्रै लगानी’ भनेर । बास्तबमा यो हामीले गर्व गर्नु पर्ने कुरो हो । आज देखिएको छ सकारात्मक चिन्तनका साथ देश बनाउछु भनि अगि बढ्ने एउटा युवा मन्त्रीकोे जोश जसले सम्भव तुल्याउदैछ तमाम अबरोधका बाबजुत पनि लोडसेडिङ मुक्त काठमाण्डौ ग¥यो भने असम्भव के छ त यहॉ ?
नेपालको राजनैतीक इतिहासमा जनताको बलमा ठुला ठुला क्रान्तीहरु भए र राजनैतिक परिबर्तनहरु सम्भव पनि भए । चाहे २००७ सालको राणाशासन बिरुद्धको क्रान्ती हास या २०४६ सालको प्रजातन्त्र प्राप्तीको आन्दोलन होस अनि फेरी २०५२ पछि माओवादीले संचालन गरेको लामो जनयुद्ध होस या २०६२÷०६३ मा गणतन्त्रका लागी चलेको जनआन्दोलन होस या फेरी मधेश आन्दोलन, जनजाती आन्दोलन नै किन नहास् यी सबै आन्दोलन र परिबर्तनहरुमा युवा शक्तीको भुमिका सँधै अग्रस्थानमा नै रह्यो । तर बिडम्बना ! भन्नैपर्छ, तिनै परिबर्तनका संबाहकहरु हरेक राजनैतिक परिबर्तन पश्चात पासपोर्ट बोकी लामबद्ध हुन विवस हुन्छन् अनिश्चित भबिश्यको खोजीमा खाडी मुलुकतर्फ । आखिर किन हुन्छ यस्तो ? उनिहरुले गरेको बलिदानीपूर्ण क्रान्ती र परिबर्तन कस्का लागी थियो र के का लागी थियो ? के यूवाको भागमा सँधै आन्दोलन मात्रै हो ? नेताहरु के युवालाई आफ्नो स्वार्थ भ¥याङ मात्र बनाउन चाहन्छन् ? आन्दोलन पछिका उपलब्धीहरुमा किन एकाकार हुन सकिरहेका छैनन् युवाहरु ? अबको चासो, चिन्ता र बहस यस तर्फ हुनु जरुरी छ ।
चरम गरिबी, अशिक्षा, राजनैतीक प्रयोगबाद र बेरोजगारी यसको प्रमुख कारण हुँदाहुँदैपनि यो पलायनलादी संस्कारमा युवाहरु स्वयं पनि जिम्मेवार छन् भन्दा अतिशयोक्ती नहोला । श्रमलाई आत्मसाथ गर्न नसक्नु , रोजगारीलाई केबल सरकारी जागीर मात्रै सम्झनु , छिट्टै पैसा कमाउने महत्वकांक्षी सपना र राजनैतीक एवं सामाजीक बिचलन जस्ता कुराहरु आम युवाका कमजोरी हन् जसले उनीहरुलाई हरदम बिदेशिन प्रेरित गरिरहेको छ । देशका यी होनाहार जनशक्तीलाई स्वदेशमै परिचालन गर्न नसक्नु राज्यको कमजोरी त छँदैछ तर सँगसँगै स्वयं युवाहरुले पनि जिबनको उर्जाशिल समय बिदेशी भुमीमा खर्चिने र शेष जिबनका लागी स्वदेश फर्कने परिपाटीको अन्त गर्नुपर्छ अब । देशमा अहिले राजनैतीक एवं सामाजीक परिबर्तनको चरण लगभग सकिएको छ र आर्थीक एवं सांस्कृतिक परिबर्तनको आबश्यकता छ । जसरी सामाजीक एवं राजनैतीक परिबर्तनमा युवाहरुको भुमीका महत्वपुर्ण रह्यो त्यसैगरी आर्थीक एवं सांस्कृतिक परिबर्तनमा पनि युवाको भुमीका रहन्छ नै । अज भनौ यी दुइ परिबर्तन युवा बिना असंभब जस्तै छ । यसकारण पनि देशका बहुसंख्यक युवाशक्तीलाई बिदेश पठाएर आर्थीक एवं सांस्कृतिक क्रान्तीका कुरा गर्नु केबल फोस्रा भाषण मात्रै हुनेछ ।
आफुलाई नयॉ शक्ती भन्ने राजनैतीक दल हुन् या परिबर्तनको संबाहक मान्ने पुरानै दल किन नहन् यदि सॉच्चै देश र जनता प्रति इमान्दार छन् भने बिदेशी भुमीमा रहेका यि होनहार युवा जमातलाई अब स्वदेश फर्कने बाताबरण बनाउन सक्नुपर्छ । फेरी हामी युवाहरु पनि केबल सरकार र राजनैतीक दलको मुख मात्रै ताकेर बस्ने भन्दा पनि मातृभुमी प्रतिको आफ्नो जिम्मेवारी र कर्तब्य निर्वाहाका लागी सँधै अग्रसर रहनुुर्छ । भलै हिजोको राजनैतीक एवं सामाजीक परिबर्तनबाट सिमीत टाठाबाठाहरुले मात्रै लाभ लिए होलान् तर अबको आर्र्थीक एवं सांस्कृतिक परिबर्तनको लाभ हामी तमाम युवाहरुको भागमा पर्नेछ भन्ने कुरामा कुनै शंका छैन । यस अर्थमा पनि आफ्नो भागको लाभांश लिन स्वयं युवाहरु नै अग्रसर रहनुुर्छ ।
देशको राजनैतीक अस्थिरता र द्वन्दका कारण हिजो हामीले छाडेको बनजंगल, खोलानाला र हिमाल पहाड नै अहिलेको आर्थीक क्रान्तीको मुल आधार हो । हामीसँग भएको खोलानाला, बनजंगल, जडिबुटी, ताल तलैया र हिमाल पहाडमा नै छ अथाह स्रोत साधन । जसको सदुपयोले मात्र संभब छ हाम्रो संबृद्धी । बिडम्बना ! जलबिधुत, जडिबुटी, पर्यटन, आधुनिक कृषी जस्ता सुगन्धीत बिनाहरु बोकेर हामी कस्तुरी झैं भौतारीरहेका छौ बिदेशी मरभुमीमा । हाम्रा यी सुगन्धीत बिनाहरु हाम्रै लागी हन् हाम्रो पहिचान, हाम्रो बिकास र हाम्रो संबृद्धीका लागी । यस कारण अब हामी युवा जुट्नुको बिकल्प छैन । जलबिधुतको प्रचुर संभाबना बोकेका हाम्रा खोलानालाहरु हाम्रै प्रतिक्षामा छन् , जडिबुटीको अथाह भण्डार भएका बनजंगलहरु हामीलाई नै खोजिरहेछन् , प्राकृतिक सुन्दरताले भरिपुर्ण हाम्रा गाउँ शहरहरु आतुर छन् देश बिदेशका पर्यटकहरुलाई स्वर्गिय आनन्द दिलाउन र हाम्रा उर्वर खेत पाखाहरु लालयीत छन् आधुनिकताको गर्भमा सुनौला बालीहरु झुलाउन भने हामी किन भौतारिरहेछौ त्यो मरुभुमीमा ? हुनत हामी कति रहरले, कति बाध्यताले त कति विवसतामा बिदेशियौ होला तर जो जे जसरी बिदेशिए पनि अहिलेको आबश्यकता हामीले कमाएको सिप, ज्ञान र धन सबैको एकमुष्ट प्रयोग आफ्नै माटोमा गर्नु नै हो । सुरक्षाको ज्ञारेन्टी छैन, रोजगारीको अबसर छैन या लगानीको बाताबरण छैन भन्दै पलायन हुने संस्कार र बाहानाको अन्त हुनैपर्छ अब ।
अहिले उर्जा मन्त्रालयले एउटा नारा उठाएको छ ‘हाम्रो खोला हाम्रो पानी, जलबिधुतमा हाम्रै लगानी’ भनेर । बास्तबमा यो हामीले गर्व गर्नु पर्ने कुरो हो । आज देखिएको छ सकारात्मक चिन्तनका साथ देश बनाउछु भनि अगि बढ्ने एउटा युवा मन्त्रीकोे जोश जसले सम्भव तुल्याउदैछ तमाम अबरोधका बाबजुत पनि लोडसेडिङ मुक्त काठमाण्डौ ग¥यो भने असम्भव के छ त यहॉ ? हो उर्जा जस्तै बॉकी मन्त्रालयमा पनि त्यहि स्पिरिटका साथ काम हुने हो भने आर्थीक परिबर्तनमा हामीले गुणात्मक फड्को मार्ने थियौ । तर के त्यसो भनेर बिदेशी भुमीमा बसी बॉकी नेताहरुलाई सराप्दैमा परिबर्तन सम्भव छ ? अबश्य छैन । हामी पनि हाम्रो दायीत्व र जिम्मेवारीमा त्यति नै कटिबद्ध हुन जरुरी छ जति आज जनार्दन देखिएका छन् । हामी युवाले सम्माननिय मन्त्री ज्युको यो होस्तेमा हैंसे लगाउनै पर्छ । दश बर्षमा बिस हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारी योजना महत्वकांक्षी जस्तो देखिएका पनि असंभब भने छैन । यो त केबल एक उर्जा क्षेत्रको कुरो भयो अर्थात जलबिधुतको बॉकी हाम्रा बिनाहरु मध्येका जडिबुटी, पर्यटन र आधुनिक कृषीका क्षेत्रहरु त बॉकी नै छन् जहॉ हामीले हाम्रा दुरदर्र्शी ऑखा, भिजनरी दिमाग र कर्मठ हातहरु लगाइ देशलाई आर्थीक सम्वृद्धि तर्फ डोहो¥याउन सक्छौ । ‘हाम्रो जंगल हाम्रो जडिबुटी, आयुर्बेद हो नेपाली संस्कृति’ , ‘हाम्रो देश सुन्दर प्रकृति, पर्यटनले बनाउँ संबृद्धी’ कृषी प्रधान देशका हामी, सुन फलाउने तरीका नामी यि र यस्तै नाराहरुसँगै हामी युवाहरुले हातेमालो गर्न सक्छौ । जडिबुटी का हिसाबले नेपालका बनजंगलहरु अत्यन्त महत्वपुर्ण मानिन्छन् । यहॉका बनजंगलमा पाइने जडिबुटीहरु संसारका बिरलै अरु बनजंगलमा पाइन्छ । यसकारण पनि जडिबुटी प्रसोधन केन्द्र र आयुर्बेद औषधालयको निर्माण देशको आर्थीक संबृद्धी र बिकाशको बलियो आधार हो । सँगसँगै हाम्रा बनजंगलहरुमा रहेका दुर्लभ बन्यजन्तु, बिभीन्न प्रजातीका चराचुरुंगीहरु, रमणिय बाताबरणका ताल तलैया र खोलानाला पर्यटकिय आकर्षणका केन्द्रबिन्दु हन् । पर्यटन बिकासका हिसाबले पनि हाम्रा बनजंगलहरु त्यति नै महत्वपुर्ण छन् । हामी त्यहि जागरुक जनशक्ती हौ जसको प्रयासमा मरुभुमी पनि शहर बन्छन् , बन्जड जमिनहरु खेतियोग्य हुन्छन् भने यो त हाम्रो आफ्नै उर्बर भुमी हो यसको उर्बरतामा हामीले योगदान किन नगर्ने ? हामीले सिकेको आधुनिक खेति प्रणाली अब यहि किन प्रयोग नगर्ने ? सबैले एकपटक सोच्नैपर्छ अब देशको सम्वृद्धिका लागी ।
हामी परिबर्तनका संबाहक हौ , हामी उर्जाका अस्थीपञ्जर हौ, हामी बिकाशका आधार हौ र यो देश बनाउने दायीत्व पनि हाम्रै कॉधमा छ । सांस्कृतिक क्षेत्रका रहेका तमाम अन्धबिश्वास, कुसंस्कार र भेदभाबहरुको समय सापेक्ष परिबर्तन पनि हाम्रो अहिलेको आबश्यकता हो । यसको लागी पनि हामी युवाहरु नै अग्रसर रहनुुर्छ । आजपनि दलितका नाममा हुने छुवाछुत , लैंगीक आधारमा हुने छाउपडि र बर्गिय आधारमा हुने भेदभाबले आक्रान्त छ हाम्रो गाउँ समाज । जन्म,बिबाह र मृृत्यु कर्ममा रहेका अस्वभाबिक परम्परा अनि चाड, पर्ब र ऋति रिवाजहरुको भड्किलो रबाफ माथीको नियन्त्रण गर्नु पनि हामी युवाहरुकै दायीत्व हो । देश अहिले राजनैतीक परिबर्तन संस्थागत गर्ने चरणमा छ । त्यसो त प्राप्त उपलब्धीहरुमाथी बेला बेला पश्चागामी कुदृष्टी पर्ने नगरेका होइनन् तर पनि हामी बिश्वस्त छौ अग्रगामी परिबर्तनका बाटाहरु फराकिला छन् तिनका तगाराहरु छोटा पर्ने छन् । प्रतिक्रान्तिकारी शक्तीका अनेक तिकडम र जालझेलका बिच पनि देश अहिले संघिय ढाचामा गइसकेको छ । संघियताको मर्म पनि त्यहि नै हो पहिचान, सांस्कृतिक परिबर्तन, आर्थीक बिकास र सम्वृद्धि । हिजोको अबस्था भुलौ, हिजोको परिस्थिती बिर्सौ र हिजोको परम्परा त्यागौ अनि एक पटक छातीमा हात राखेर सोचौ कतै हामी हाम्रो जिम्मेवारी, कर्तब्य र दायीत्वबाट भागिरहेका त छैनौ ? यदि छैनौ भने आजैवाट हामी प्रण गरौ अब म पासपोर्ट बोकेर दुताबास धाउने छैन , म सर्टिफिकेट बोकेर नेताकोमा जानेछैन किनकी मलाई मेरो मेहेनत यहि माटोमा मिसाउनुछ मलाई मेरो सिप यहि धर्तीमा खन्याउनुछ । म आफैलाई स्वावलम्बन बनाउन चाहन्छु अनि डोर्याउन चाहन्छु मेरो देशलाई सम्वृद्धिका बाटोतर्फ र बुझाउन चाहन्छु दुनियालाई हामी युवाको महत्व के हो भनेर ।
चितवन
वि.सं.२०७३ पुस १० आइतवार ०८:०४ मा प्रकाशित