back

एनआरएनए अफ्रिकाको क्षेत्रिय बैठक सुरु

वि.सं.२०७३ पुस १० आइतवार

612 

shares
GLOBAL IME AD
NTC AD

nrnaafrica1

दार ए सलाम । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अफ्रिका महादेशको दोस्रो क्षेत्रीय बैठक तान्जानियाको दार ए सलाममा शुक्रबारबाट शुरु भएको छ ।
एक नेपालीको व्यवसायीको दार ए सलामस्थित रेस्टुरेन्टमा जारी बैठकको दोस्रो दिन अफ्रिका रहेका नेपालीहरुको अवस्था, नेपाल सरकारको उपस्थिति, नेपाल र अफ्रिकी मुलुकहरुबीच पर्यटन क्षेत्रको सहकार्यको संभावना, यहाँ काम गर्दै आएका नेपालीहरुको सुरक्षा र मानव तस्करीहरुले नेपालीलाई अलपत्र पार्ने घटनाको रोकथामसहितको विषयमा छलफल हुनेछ ।

africanrna3
यसैगरी शनिबार नै एनआरएनएका प्रमुख सरक्षक जीवा लामिछानेको किताब सरसर्ती संसारको अफ्रिकामा बिमोचन कार्यक्रम पनि हुनेछ ।
उद्घाटनका क्रममा आफ्नो मन्तव्य राख्दै दक्षिण अफ्रिका तथा तान्जानियाका लागि नेपाली राजदूत अमृतबहादुर राईले सरकारको सिमित स्रोत र साधनको कारण सबै स्थानमा बराबरीको उपस्थिति गर्न नसक्ने भएपछि समस्या पर्दा सहयोग गर्न तत्पर रहेको बताए । राजदूत राइले सबै नेपाली नेपालको सद्भावनादूत भएको बताए ।

africanrna2
कार्यक्रममा संरक्षक लामिछाने, एनआरएनएका अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष कुमार पन्त, कोषाध्यक्ष हिक्मत थापा, सदस्य अर्जुन कार्की, एनआरएनए अफ्रिकाका संयोजक सुनिल कार्की, तान्जानिया अध्यक्ष रोशन थापा, जाम्बियाका अध्यक्ष विदुर खनाल, पत्रकार सुवास ढकालसहितले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
उद्घाटन कार्यक्रममा स्थानीय कलाकारहरु र नेपालीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । दार ए सलाम घोषणा पत्र जारी गर्दै बैठक शनिबार नै सम्पन्न हुने कार्यक्रम रहेको छ ।africanrna

वि.सं.२०७३ पुस १० आइतवार ०७:३१ मा प्रकाशित

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई विशेष सम्मान प्राप्त भएको...

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...