१७ जेठ, काठमाण्डौं । नेपालमा आज थप १८९ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित हुनेमा पुरुष १८५ पुरुष र महिला ४ जना रहेका छन् ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२४ जनामा पोजेटिभ देखिएको छ । उनीहरु धनुषाका ७ जना २० देखि ४२ वर्षीय पुरुष, झापाका ४५ वर्षीय पुरुष, कपिलवस्तुका ७७ जना १६ देखि ६० वर्षीय पुरुष, ललितपुरका २३ वर्षीय महिला, महोत्तरीका २५ देखि ५५ वर्षीय ४ पुरुष र रौतहटका १८ देखि ४५ वर्षका ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । साथै सर्लाहीका १६ देखि ४० वर्षका १७ जना पुरुष र सिराहाका १७ देखि ४० वर्षीय ११ जना पुरुष पनि संक्रमित भएका छन् ।
प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा कपिलवस्तु यशोधराका २९ जना रहेका छन् । उनीहरु १५ देखि ५० वर्षीय पुरुष रहेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परक्षिणमा सप्तरीका ९ जनामा संक्रमण देखिएको छ । उनीहरुमा ८ जना पुरुष र एक महिला रहेका छन् । उनीहरुको उमेर समुह १८ देखि २८ वर्ष रहेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा कपिलवस्तु विजनयगरका ३ जना २६ देखि ५२ वर्षीय पुरुष, हापुरे दाङका ३० वर्षीय पुरुष र बग्लाचुली दाङक २७ देखि ३० वर्षका ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा २८ वर्षीय महिला पनि रहेकी छन् ।
नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बारा हर्दियाका २८ वर्षीय पुरुष, पर्सा प्रसौनीका १८ वर्षे पुरुष र ६० वर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।
त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जनामा संक्रमण भेटिएको छ । उनीहरु १४ देखि ५० वर्षका पुरुष रहेका छन् ।
कोशी प्रादेशिक अस्पताल विराटनगरमा गरिएको परीक्षणमा संखुवासभा खादवारीका २३ वर्षे र पाँचखपनका २२ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएको छ ।
आज थपिएका १८९ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको छ । उनीहरुमा १,२८८ जना पुरुष र ११३ जना महिला रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
आज थपिएको नयाँ जिल्ला संअुवासभासँगै नेपालमा कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या ५३ पुगेको छ ।
वि.सं.२०७७ जेठ १७ शनिवार १७:०६ मा प्रकाशित






























