back
CTIZAN AD

सांसद गंगा चौधरीको आरोप-‘भारतीय चेलीहरुको सदनभित्र दादागिरी चल्यो’ (भिडियो सहित)

वि.सं.२०७७ जेठ १९ सोमवार

882 

shares

१९ जेठ, काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ गंगा चौधरी सद्गौवाले भारतीय चेलीहरुको सदनभित्र दादागिरी चलेको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले भारतद्धारा मिचिएको नेपाली भूमि भारतसँग सल्लाह गरेर मात्र नक्शामा छाप्नुपर्ने अभिव्यक्ति आएको भन्दै उनले संसदमा भारतीय चेलीको दादागिरी चलेको आरोप लगाएकी हुन् ।

चौधरीले अनुदानसँग जमिन र राष्ट्रियतासँग स्वाभिमान कदापी साट्न नमिल्ने बताउँदै नेपालमाथि भारतको दादागिरी नमिचिएको ठाउँ नभएको र नहेपिएको गाउँ नभएको बताएकी छन् । ‘भन्दा भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो, भूमि मिचाहासँग सल्लाह छलफल, गर्नुपर्यो रे,’ सांसद चौधरीले भनिन्, ‘आफ्नो जमिन मेरो हो भन्नका लागि पनि मेरो देशको भूमि मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्वना हो ?’

सांसद चौधरीले प्रधानमन्त्रीले नयाँ सपना योजना फ्याक्ना साथ ‘र’ का ऐजेन्टहरु १५ दिनसम्म घाईते हुने र ती सपनाको विरुद्धमा सम्पूर्ण शक्तिहरु लगाएर बुरुक्क बुरुक्क उफ्रने गरेको आरोप पनि सांसद चौधरीले लगाइन् ।

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=j1w2gzX5GFU

 

वि.सं.२०७७ जेठ १९ सोमवार १४:२७ मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...