
१९ जेठ, काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ गंगा चौधरी सद्गौवाले भारतीय चेलीहरुको सदनभित्र दादागिरी चलेको आरोप लगाएकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले भारतद्धारा मिचिएको नेपाली भूमि भारतसँग सल्लाह गरेर मात्र नक्शामा छाप्नुपर्ने अभिव्यक्ति आएको भन्दै उनले संसदमा भारतीय चेलीको दादागिरी चलेको आरोप लगाएकी हुन् ।
चौधरीले अनुदानसँग जमिन र राष्ट्रियतासँग स्वाभिमान कदापी साट्न नमिल्ने बताउँदै नेपालमाथि भारतको दादागिरी नमिचिएको ठाउँ नभएको र नहेपिएको गाउँ नभएको बताएकी छन् । ‘भन्दा भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो, भूमि मिचाहासँग सल्लाह छलफल, गर्नुपर्यो रे,’ सांसद चौधरीले भनिन्, ‘आफ्नो जमिन मेरो हो भन्नका लागि पनि मेरो देशको भूमि मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्वना हो ?’
सांसद चौधरीले प्रधानमन्त्रीले नयाँ सपना योजना फ्याक्ना साथ ‘र’ का ऐजेन्टहरु १५ दिनसम्म घाईते हुने र ती सपनाको विरुद्धमा सम्पूर्ण शक्तिहरु लगाएर बुरुक्क बुरुक्क उफ्रने गरेको आरोप पनि सांसद चौधरीले लगाइन् ।
हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=j1w2gzX5GFU