१९ जेठ, काठमाण्डौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सोति घटनाको सत्यत्थ्य पत्ता लगाउन सर्वदलिय संसदीय छानविन समिति गठन गर्न माग गरेका छन् ।
सांसद थापाले सोमबार संसदमा आफ्ना भनाई राख्दै रुकुममा ४ जनाको ज्यान जाने गरी र एक वेप्त्रा हुने गरी भएको दर्दनाक घटना र लकडाउन अवधिभरी भएको जातिय विभेदमा ३२ जना भन्दा बढी दलितहरुको बलात्कार, हत्या, आत्महत्यालगायतका घटना छानविन गर्न अविलम्ब सर्वदलिय संसदीय छानविन समिति बनाउन माग गरेका हुन् ।
‘सम्मानित सदनले यो नबनाएसम्म हामी मागिरहने छौ र न्यायको पक्षमा बोलिरहने छौ र लडिरहनेछौं ।’
नेता थापाले रुकुममा घटेको अमानविय र क्रुर घटनालाई भवितव्य हो भनेर देखाउन र सहायक कारणहरु देखाएर घटनाको जरामा रहेको उच्च जातिय अहंकारको ढाकछोप गर्न संगठित प्रयत्न भइरहेको आरोप लगाउँदै भनेका छन्, ‘राज्यको यो लाचारीलाई संसदले टुलुटुलु हेरेर बसिरहने लाज पनि हामीसँग लजाउँछ ।’
वि.सं.२०७७ जेठ १९ सोमवार १३:५८ मा प्रकाशित





























