बलिउडका प्रसिद्ध संगीतकार तथा गायक वाजिद खानको आइतवार राती निधन भएको छ । वाजिद ४२ वर्षका मात्र थिए ।
साजिद–वाजिद जोडीसँगै लोकप्रिय बनेका वजिद लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए । उनको मुम्बईको अस्पतालमा उपचार भइरहेको थियो । अवस्था अचानक बिग्रीएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
सोसल मिडियामा उनको मृत्युको कारण कोरोना भएको बताइएको छ । यस खबरको पुष्टि गर्दै अभिनेता र वाजिदको बाल्यकालको साथी रणवीर शोरेले लेखेका छन, मेरो बाल्यकालको साथीको खबर सुन्दा म दुखी छु । वाजिदले कोविड १९ को अगाडि घुँडा टेके । म आघातमा छु । वाजिद मेरो भाई तिमी र तिम्रोको परिवारको लागी हग्स’ पठाएको छु । यो ज्यादै नै दुखद् खबर हो ।’
Devastated to hear news coming in that one of my childhood friends, music director @wajidkhan7 of Sajid-Wajid has succumbed to #COVID19! Am shocked beyond words! @SajidMusicKhan, mere bhai, sending hugs to you and the family. This is so, so sad. #RIP
— Ranvir Shorey (@RanvirShorey) May 31, 2020
साजिद–वाजिद गीत सलमान खानको मनपर्ने संगीतकार हुन् । ईदको अवसरमा सलमानर्ले भाई–भाई’ गीत ल्याएका थिए । वाजिदको अन्तिम गीत पनि सलमानसँग पनि थियो । वाजिदले १९९८ मा फिल्म प्यार की तो डरना क्या’ बाट बलिउड डेब्यू गरेका थिए ।
यस बाहेक, दबंग ३ का सबै गीतहरु उनीहरुको संयोजनमा रचना गरिएको थियो । वाजिदले सलमान खानका लागि ‘हमका पिनी हैु, ’ मेरा ही जलवाु लगायतका धेरै हिट गीतहरु पनि गाएका छन् । यस बाहेक, ‘सोनी दे नाखरे’, ‘मशल्लाह’, ‘डू यू वन्ना पार्टनर’ उनका धेरै ब्लकबस्टर गीतहरु हुन् ।
२०११ मा दबंग फिल्मको संगीतका लागि उनलाई फिल्मफेयर अवार्डबाट सम्मानित गरिएको थियो ।
साजिद–वाजिद अर्थात साजिद अली र वाजिद अली यी दुई प्रसिद्ध सङ्गीतकार तथा गायक हुन्। वाजिदको निधनले जोडी छुट्टिएको छ ।
उनको मृत्युमा बलिउडका हस्ती तथा शुभचिन्तकहरुले दुख व्यक्त गरेका छन् ।
वि.सं.२०७७ जेठ १९ सोमवार १३:४१ मा प्रकाशित





























