back
CTIZAN AD

बाँकेमा भएको गाडी दुर्घटनामा घाईते २१ मध्ये सल्यानका मात्रै ११ जना

वि.सं.२०७७ जेठ १९ सोमवार

765 

shares

१९ जेठ, बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा गएराति भएको गाडी दुर्घटनाका घाइतेको पहिचान खुलेको छ ।

दुर्घटनामा ज्यान गुमाउने १२ जनाको भने सनाखत हुन बाँकी छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दुर्घटनामा घाइते २१ मध्ये २० जनाको पहिचान खुलेको छ । दुर्घटनामा गम्भीर घाइते भएका चार जनाको भेरी अस्पताल नेपागलञ्जमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेका सबै भारतबाट आएको प्रहरीले जनाएको छ । घाइते हुनेमा सबैभन्दा धेरै सल्यान जिल्लाका छन् । घाइते हुनेमा सल्यान शारदा नगरपालिका–६ कजेरीकी २९ वर्षीया टीका चलाउने, बनगाड कुपिन्डे नगरपालिका–६ घाँजरीका २० वर्षीय मीनराज विक र ५२ वर्षीय दीपबहादुर बुढा रहेका छन् ।

त्यस्तै सल्यान सिद्धकुमाख गाउँपालिका-५ छापडाँडाका १८ वर्षीय धनबहादुर बोहरा, २६ वर्षीय निमबहादुर वली, दहका ४० वर्षीय तेजबहादुर बुढाथोकी, १८ वर्षीय देवेन्द्र खड्का, १७ वर्षीय ज्ञानबहादुर बोहरा, वडा नं ४ चाँदेका २८ वर्षीय लोकेश घर्ती र २६ वर्षीय शिव भण्डारी रहेका छन् भने एक जनाको नाम र ठेगाना खुलेको छैन ।

त्यस्तै दाङ घोराही उपमहानगरपालिका-५ धर्नाका ४५ मेघराज केसी, राजपुर गाउँपालिका–६ ग्रामीखोलाका २० वर्षीय दीपेश चौधरी, राजपुर गाउँपालिका–२ रैनियाका २१ वर्षीय जीवन घर्ती, गढवा गाउँपालिका–६ भानपुरका २० वर्षीय भरत थापा, तुलसीपुर उपमहानगरपालिका–२ खैरीकोटका ३९ वर्षीया विष्णु गिरी र २३ वर्षीय रुपलाल केसी घाइते भएका छन् ।

यसैगरी घाइते हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका–७ का १७ वर्षीय सुनिल परियार, २० वर्षीय वीरेन्द्र परियार, १८ वर्षीय पुरन परियार, टुटुका ४० वर्षीय दिलबहादुर विक र दुईखोली गाउँपालिकाका कुरेलीका ५२ वर्षीय नरबहादुर विक रहेका छन् । दुर्घटनामा परी मृत्यु भएकाको पहिचान नभएको र उनीहरुको शव अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना५ख ५९९५ नंको फोर्स गाडी राप्तीसोनारी गाउँपालिका–१ अगैया नजिकै पूर्वपश्चिम राजमार्गको ठुरिया जङ्गलमा रोकिराखेको बा४ख ९०६४ नंको ट्रकमा ठोक्किँदा गएराति १२ जनाको मृत्यु भएको थियो । मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिए ।

कोरोना परीक्षण गरिँदै

दुर्घटनामा मृत्यु तथा घाइते भएकामा कोरोना भाइरस भए÷नभएको पुष्टि गर्न स्वाब सङ्कलन गरेर परीक्षण थालिएको छ । मृतक तथा घाइते सबै भारतबाट आएकाले उनीहरुमा कोरोना सङ्क्रमणको जाखिम रहेकाले स्वाब सङ्कलन गरी परीक्षण थालिएको भेरी अस्पतालका निमित्त मेडिबकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताए ।

उनका अनुसार उनीहरु सबैको स्वाब सङ्कलन गरेर कोरोना परीक्षण थालिएको हो । “कोरोना भाइरस सङ्क्रमण बढिरहेका बेला मृतकमा सङ्क्रमण भए÷नभएको पुष्टि गरेर शवको व्यवस्थापन गर्नुपर्ने भएकाले स्वाब सङ्कलन गरिएको हो’, निमित्त मेसु थापाले भने, ‘मृतकमा कोरोना सङ्क्रमण नभए परिवारको जिम्मा लगाइनेछ भने सङ्क्रमण देखिएमा सोहीअनुसार शव व्यवस्थापन गरिनेछ ।’रासस

वि.सं.२०७७ जेठ १९ सोमवार १३:२६ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...