back
CTIZAN AD

मुख्यमन्त्री शाहीद्धारा बाँकेमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त

वि.सं.२०७७ जेठ १९ सोमवार

900 

shares

१९ जेठ, काठमाण्डौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बाँकेमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रदेश नम्बर ५ को बाँकेस्थित राप्ति सोनारी गाउँपालिकामा आइतबार राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु र २१ जना घाइते भएकोमा मुख्यमन्त्री शाहीले दुःख व्यक्त गर्दै घाईतेहरुको स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीले सोमबार एक शोक वक्तव्य जारी गर्दै कोरोना भाइरस कोभिड १९ को महामारीका कारण भारतबाट उद्धार गरी ल्याउने क्रममा भएको सडक दुर्घटनाले आफू स्तब्ध भएको बताएका छन् ।

‘अकल्पनीय र पीडादायी दुर्घटनाका कारण निधन तथा घाइते हुनुभएका अधिकांश नागरिक कर्णाली प्रदेशवासी हुनुहुन्छ । यसबाट सम्बन्धित घरपरिवारमा पर्नगएको दुःखप्रति गहिरो सहानुभूति प्रकट गर्छु । दुर्घटनामा घाइते हुनुभएका सबैप्रति शीघ्र स्वास्थ्यलाभको कामना छ ।’ मुख्यमन्त्री शाहीले भनेका छन् ।

मुख्यमन्त्री शाहीले घाइते हरुको उपचार मृतकको शव घरसम्म पु¥याउने व्यवस्था मिलाउन पहल भइरहेको बताउँदै घाईतको उपचारमा कुनै कमी हुन नदिइने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीले महामारीको बेला दुर्घटनाको खबर पाउनेबित्तिकै उद्धार, उपचार तथा सूचना सम्प्रेषणमा खट्ने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सरकारी अधिकारीसहित स्थानीयवासीलाई समेत धन्यवाद ज्ञापन गरेका छन् ।

भारतबाट मजदुरी गरेर फर्किएका मजदूरहरुलाई उद्धार गरी नेपालगञ्ज हुँदै सल्यान लैजाने क्रममा ना ५ ख ५९९५ नंको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नंको ट्रकमा गएराति करिब १२ः०० बजे ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा १२ जनाको मृत्यु र २१ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

वि.सं.२०७७ जेठ १९ सोमवार १३:१३ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...