back
CTIZAN AD

कोरोना डायरी: हामी बाँचेको २१ औं शताब्दी

वि.सं.२०७७ जेठ १९ सोमवार

1.2K 

shares

देश कोरोना महामारीको बिषम् परिस्थितिबाट गुज्रिरहेको यो संकटको घडीमा भर्खरै स्वेत प्रहरीले जानाजानी घटाएको यो घट्नाले देशको सबै तहमा रहेका सरकारले साथै प्रहरीले ठुलो मुल्य चुकाउनु पर्ने स्थिती तड्कारो देखा परेको छ।

आफुलाई घरी घरी चिमोट्छु। हैन ! सपना हैन रहेछ !  म त बिपनामा नै पो रहेछु।
के हामी बाँचेको २१औं शताब्दी नै हो त यो ? समयलाई प्रश्न गर्छु। समय भन्छ “ हो हो मेरा दासहरु, तिमीहरु आज २१ औं सताब्दी मा मेरो कठपुतली बनेर बाँचिरहेका छौ। तिमीहरुलाई मैले मेरो मुठ्ठीमा यसरी कसेर राखेको छु जहाँबाट तिमीहरुले कहिल्यै मुक्ति पाउन सक्दैनौ”।
जमाना चाहे जहाँबाट जहाँ पुगोस् हामी मान्छे अझै जहाँको तहीं नै रुमल्लिरहेका छौं एउटा कुनाबाट अर्को कुना र एउटा ध्रुबबाट अर्को ध्रुब गर्दै।

आज त बिदाको दिन, हत्तार हत्तार गर्दै बिहान आठै बजे देखि कानमा ठेंटी घुसाएर कम्प्यूटरको अगाडि बस्नु पनि छैन। त्यसैले बिहान आरामले ६.१५ बजे उठेर मर्निंग वाकमा हिंड्छौ बिहानको सिरिरी हावा र झुल्के घामको भरपूर आनन्द लिंदै।

आज त मे महिनाको अन्तिम दिन ३१ तारीख। हेर्दा हेर्दै घर बसेको पनि ६६ दिन पो भैसकेछ त बाब्बै ! समय जान कत्ति बेर नै पो लाग्दोरहेछ। कहिले काँही त लाग्छ मान्छेको जीवन कहिल्यै पढेर नै नसकिने एउटा सिंगो बृहत् पुस्तक हो अनि सिकेर जानेर कहिल्यै नसिध्दिने लामो अभ्यास हो। सायद त्यसैले त होला कामको दौरानमा आज भोलि म एउटा नौलो पाठ सिक्दैछु र बुझ्ने कोशिष गर्दैछु। आफुले गर्दै आएको काम भन्दा नितान्त फरक शैलीको काम जीवनमा पहिलो पटक।

आफुले गर्दै आएको काम भन्दा नितान्त फरक भएपछि तालीम लिनु त छंदैछ त्यसमाथि २ महिना लाग्ने तालीम समय छोट्याएर २ हप्तामा नै छोट्टिएपछि दिमागमा तनाब बढ्ने त भईहाल्यो। त्यै माथि प्रकृतीले नै बाताबरण तनाब ग्रस्त बनाईदिएको बेला। तै-तै आफुलाई सन्तुलनमा राख्ने कोशिष गर्दैछु सकेसम्म दिमाग़लाई दबाव नदिईकन। कथंकदाचित दबाव पर्यो भने बल्ल बल्ल कन्ट्रोलमा ल्याएको बि पि फेरी बढिदियो भने बर्बाद। हैन त ?

“केही छैन लक्ष्मी टेक ईट ईजि । जो भि होगा देखा जायगा, जीवनमा जे हुन्छ राम्रैको लागि हुन्छ। पढेको सिकेको कहिल्यै खेर जाँदैन” भन्दै आफुले आफुलाई थप्थपाईरहेछु। जे होस् आखीर गर्नु त परिहाल्यो। पापी पेटको सवाल जो छ।

आज बाहिरको तापक्रम पनि ८२ डिग्री सेल्सियस भए पनि मनै सि..रि…री…गर्ने मिठो हावा चलेको छ। त्यसमाथि न्यानो लाग्ने घाम। दिन साह्रै रमाईलो छ। हुने मात्रै भए समुन्द्रको किनारामा बसेर बच्चा बेलामा साथीहरुसंग बाग्मतीमा नुहाउन, पौडी खेल्न जाँदा किनारामा भएको सानो-ठुलो ढुँगा टिप्दै कसले टाढासम्न ढुंगा फ्याँक्न सक्छरुभनेर खेल्ने जस्तै दिन भएको छ। तर के गर्नु र ! न आफुले गाडी किनेको छ न त उबर लिएर हिंड्ने स्थिती नै छ यत्ति खेर। हाहाहा……

बाहिर यति सुन्दर बाताबरण हुंदा हुँदै पनि मेरो मनलाई केही धारिलो कुराले चस् चस् घोचिरहेको जस्तो आभास भैरहेछ।गएको जेठ १० गते देखि मनमा एक किसिमको बेचैनी छाएको छ। हामी एक्काईसौं शताब्दी मा आईसक्दा पनि अझै जातिय भेदभाव मेटीन नसकेको देखेर मन बि़क्षिप्त बनेको छ। एकातिर नेपालबाट प्रसारित खबर हेर्दै जाँदा भर्खरै नेपालको रुकुममा घटेको घट्ना जहाँ एउटी १७ बर्ष मात्र पुगेकी जो आमा, बाबु र परिवारको नियन्त्रण भन्दा बाहिर रहेकी नाबालक उमेरकी केटीको प्रेममा पागल भएको २१ बर्षको कल्कलाउँदो ठिटो साथै उसका ५ जना साथीहरुले तल्लो जातको भएको कारणले केटी पक्षले कुट पिट गरेर ज्यान गुमाएको खबर छ्याप्छ्याप्ती छाएको छ भने अर्कोतिर अमेरीका जस्तो बिकशित देशमा मिनियापोलिस राज्यमा बसोबास गर्ने ४६ बर्षिय अस्वेत अफ़्रीकन अमेरीकन जोर्ज फ्लोईड नामको नागरीकलाई एउटा स्वेत प्रहरीले क्रुरताको पराकाष्ठा नाघेर घुँडाले घाँटीमा थिचेर मृतक जोर्ज फ्लोईडले अन्तिम बाक्य “मैले स्वास फेर्न सकिन, मलाई स्वास फेर्न गाह्रो भयो” भनेको सुन्दा सुन्दै पनि घाँटीमा घुँडाले थिच्न नछोडीकन मारेको भिडीयो भाईरल भएपछि देशको धेरै राज्यहरुमा अस्वेत जातीहरु प्रहरीको क्रुर र बर्बरताको पराकाष्ठमा होमिएर ज्यान गुमाउन परेको बिषम् दुस्खद परिस्थिति को घोर भर्त्सना गर्दै न्यायको लागि लाखौं नागरीकहरुले जातिय बिभेद बिरुद्ध नारा र जुलुस गर्दै गर्दा जुलुसले बिशाल दँगाको रुप लिंदै गरेको ४ दिन भैसकेको छ।
शान्तिपूर्ण ढंगले शुरु भएको जुलुस केही अराजक तत्वहरु जुलुस भित्र घुसेर हिंसात्मक दंगामा परिणत भएको छ।

जुलुसले प्रहरीहरुलाई केन्द्र बिन्दु बनाउँदै आक्रामक शैलीमा उत्रंदै गएको र शहरमा प्रहरीको ५० औं गाडीहरुमा आगज़नी गरेर शहरको रुपरंग नै तहस नहस पारेको दृष्यले एउटा नजानिंदो त्रासले मनमा जरा गाडेको छ। कस्लाई के को धन्दा ? कस्लाई के को धन्दा ? भने झैं यही मौक़ा छोपेर कैयन मान्छेहरु स्टोरहरुलाई तेड्फोड् गरेर लुटपाटमा पनि उत्रेको प्रष्ट देखिन्छ। स्थितीलाई प्रहरीको स्तरबाट नियन्त्रण गर्न असम्भव भएको कारणले मिनियापेलिस राज्यमा नेशनल गार्डहरुलाई समेत तैनाथ गर्नुपरेको र फिलाडेल्फियामा कर्फ्यु लगाउन सरकार बाध्य भएको दृष्यले म जस्ता लाखौं नागरीकहरुलाई आज गहिरो सोंचमा पारीदिएको छ।

यसै शिलसिलामा जुलुसमा उग्र रुप लिएका ३०० जनताहरुलाई प्रहरीले पक्राउ गरेर आफ्नो कब्जामा लिएको समाचार पनि प्रसारित भैरहेको छ। देश कोरोना महामारीको बिषम् परिस्थितिबाट गुज्रिरहेको यो संकटको घडीमा भर्खरै स्वेत प्रहरीले जानाजानी घटाएको यो घट्नाले देशको सबै तहमा रहेका सरकारले साथै प्रहरीले ठुलो मुल्य चुकाउनु पर्ने स्थिती तड्कारो देखा परेको छ।

खै !  म त सोंच्नै नसक्ने भएकी छु, भगवानको यो सुन्दर श्रृष्टीमा कालो छाला र गोरो छालाको विच किन यस्तो भेदभाव गर्छन् मान्छेहरुरु कस्ले दिन्छ मान्छेलाई यो अधिकाररु आख़िर कसरी उत्पन्न हुन्छ मान्छे भित्र यस्तो घृणारु संसारका चाहे कालो होस् या गोरो हरेक मान्छेहरुको नशा नशामा बग्ने रगतको रंग रातो छ भने किन यस्तो बिभेदरु अनि के का लागि ?

कोरोनाले मै हुँ भन्ने यो मान्छेको जातलाई उस्को असली हैसियत देखाईदिएकोले संसारबाट अब घृणा, द्देष, रीस, राग मान्छेको हृदयबाट सदा सदाको लागि अन्त्य हुन्छ होला भन्ने सोचेकी थिएँ तर कोरोनाको संकटबाट बाहिर पनि निस्कन नपाउँदै एउटा अस्वेत नागरीक प्रहरीको यस्तो क्रुर र बर्रबरताको शिकार बन्न पुगेको दृष्य देख्नु पर्दा र देशका लाखौं नागरीकहरु कोरोनाको पर्बाह नगरी न्यायको लागि सडकमा उत्रेको दृष्यले संसारमा कतै तेस्रो बिश्व युद्धको बिगुल फुकेको त हैन भन्ने पनि मनमा चिसो पस्न पुगेको छ। यत्रो १५ बर्षको दौरानमा न्युयोर्कमा पहिलो पटक यस्तो अप्रिय घट्नाको साक्षि बन्न पुगेकी छु।

एकातिर नासाले अन्तरीक्षमा पठाएको अन्तरीक्ष यान सफलतापुर्बक हिंजो अमेरीकामा अबतरण गरेको छ भने अर्कोतिर आज यो २१ औं शताब्दीमा आएर पनि हामी अझै यस्तो जातिय बिभेदको क्रुर मानसिकताबाट गुज्रिरहेका छौं खै ! अझै कहिले सम्म ?

अब त कता कता शान्तिका अग्रदुत भगवान गौतम बुद्ध पनि संसारको यो बिभत्स दृष्य देख्न नसकेर आँखा सदासदाको लागि चिम्लिदिनुभएको हो कि जस्तो लाग्छ। फेरी मन मान्दैन र प्रार्थना गर्छु, “हे भगवान ! शान्तिका अग्रदुत गौतम बुद्ध संसारमा सुख शान्ति छावस् !  सबैको मनमा माया, प्रेम र करुणाले बास् गरोस् !  संसारको जनताले शान्तिको स्वास फेर्न पावस् !  सबैको जय होस् !

वि.सं.२०७७ जेठ १९ सोमवार १२:४८ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...