१९ जेठ, काठमाण्डौं । कोरोना संक्रमणबाट मुक्त भएर आज २५ जना घर फर्किएका छन् । रुपन्देहीको भैरहवामा रहेको भिम अस्पतालमा उपचाररत २५ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।
डिस्चार्ज हुनेमा ४ र १० बर्षिया २ बालिका, १ महिला र २२ जना पुरुष रहेको भीम अस्पतालका सूचना अधिकृत गोपाल उपाध्यायले संसारन्युजलाई जानकारी दिएका छन् ।
उपाध्यायका अनुसार बैसाख २० गते देखि अस्पतालमा उपचाररत उनीहरु आज डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा कविलवस्तु विजयनगर गाउँपालिकाका १ जना, कपिलवस्तु नगरपालिकाका ४ जना, नवलपरासी सुस्ता गाउँपालिकाका २ जना, प्रतापपुरका १ जना, भारत गोन्डा १ जना, गैडहवा गाउँपालिकाका १० जना, लुम्बिनी सास्कृतिक नगरपालिकाका ५ जना र सिद्धार्थनगर नगरपालिकाका १ जना रहेका छन् ।
उपचारका क्रममा उनीहरुमा कुनै समस्या नदेखिएको पनि उपाध्यायले बताएका छन् । उनीहरुको निरन्तर दुईपटकसम्म गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको हो ।
अस्पतालमा उपचाररत २५ जना कोरोना संक्रमित निको भएपछि अहिले भीम अस्पताल कोरोना संक्रमित विरामी मुक्त भएको छ ।
वि.सं.२०७७ जेठ १९ सोमवार १२:३६ मा प्रकाशित






























