back
CTIZAN AD

‘नेपाली सहयोगी हातहरु’ मकाउको आयोजनामा मकाउमा मैत्रिपूर्ण खेल सम्पन्न

वि.सं.२०७७ जेठ १९ सोमवार

780 

shares

१९ जेठ, मकाउ । मकाउमा नेपाली समुदायबीच आपसी सद्भाव र भाइचाराका कायम गर्नका लागि मैत्रिपूर्ण खेल सम्पन्न गरिएको छ ।
नेपाली सहयोगी हातहरु मकाउद्धारा मकाउमा पहिलोपटक सम्पन्न गरिएको उक्त प्रतियोगितामा व्याडमिन्टन र बुद्धिचाल खेल प्रतियोगिता गरिएको थियो ।

मकाउमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेख्य उपस्थितिमा आोजित उक्त मैत्रिपूर्ण खेल प्रतियोगितामा बुद्धिचालतर्फ उत्तम गुरुङले उपाधि हात पारेका छन् भने ब्याडमिन्टन महिलातर्फ क्रमशः निर्मला थापा मगर, आन चोङ, दोश्रोमा सिर्जना थापा र सोफी वाग्लेले ट्रफि तथा मेडल प्राप्त गरेका छन् ।

त्यसैगरी पुरुषतर्फ मनोज लक्साम्बा र चन्द्र गुरुङले उपाधी हात पारेका छन् भने क्रमशः प्रज्वल राई र सन्दीप गोदार थापा, राजन अधिकारी, काला मगर, राजु गुरुङ र दिनेश अ‍ैरे लगायतले ट्रफी मेडल हात पारेका थिए । साथै प्रतियोगितामा सबैभन्दा कान्छा खेलाडी सलोन थापा पनि सहभागी थिए ।

उक्त मैत्रिपूर्ण खेलमा प्रमुख अतिथिमा मकाउ रेडक्रस सोसाइटीका प्रमुख Mr.Wong, मकाउका प्रतिष्ठित वकिल Dr. Migue एनआरएनए मकाउका अध्यक्ष पूर्ण बहादुर गुरुङ, प्रवासी मञ्चका पूर्ववरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा विजेताहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुद्धारा ट्रफी प्रदान गरिएको थियो ।

लामो समयदेखि मकाउमा व्यवसाय गरेर बसेका समाजसेवी उदय वाग्ले निर्देशक र अर्का समाजसेवी तथा विभिन्न संघसंस्थामा आवद्ध रहेर कामगर्दै आएका सुदर्शन थापा मगरको अध्यक्षतामा गठन भएको नेपाली सहयोगी हातहरुले यस अगाडि मकाउका नेपालीहरुबीच मास्क र सेनिटाइजर लगायतका सामग्री वितरण गरिसकेको छ ।

वि.सं.२०७७ जेठ १९ सोमवार १२:११ मा प्रकाशित

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...