back

रहेनन् बालकृष्ण

वि.सं.२०७७ जेठ १९ सोमवार

189 

shares
RBB AD
NTC AD

१९ जेठ, काठमाडौँ । सामाजिक तथा राजनीतिक अभियन्ता बालकृष्ण न्यौपानेको निधन भएको छ ।

सुगर लगायतका रोगब्याधीसँग संघर्ष गर्दै राजनैतिक र सामाजिक जीवनलाई सक्रिय राखेका बालकृष्ण न्यौपानेको जेठ १७ गते राती काठमाडौँको महाराजगञ्ज चक्रपथस्थित मेट्रोसिटी अस्पतालमा निधन भएको परिवार सुत्रले बताएको छ ।

वि.सं २०१८ असोज ६ गते बुबा काशिनाथ र आमा घनादेवीबाट जेष्ठ सुपुत्रको रुपमा जन्मेको बालकृष्ण पर्वत जिल्लाको पैञ्यू क्षेत्रमा रुपान्तरणकारी राजनीतिका एक मुर्धन्य व्यक्तित्वका रुपमा स्थापित थिए । बुबा काशिनाथ जिल्ला पंचायतको नेतृत्वमै रहेपनि बालकृष्ण न्यौपाने तत्कालिन नेकपा चौम, मसाल, माओवादी हुँदै राजनीतिमा समेत सक्रिय थिए ।

विगत केही वर्षदेखि बर्दियाको बासगढीमा रहँदै आएका बालकृष्ण न्यौपानेका २ छोरा सुर्य र दिपेन्द्र न्यौपाने तथा ४ छोरी बिमला, दिपा, खैसरा र पवित्रासहित न्यौपाने परिवारले ठूलो शोक व्यहोरेको छ ।

नेकपा बर्दियाका नेतासमेत रहेका बालकृष्ण न्यौपानेको निधन लगत्तै नेकपा बर्दिया तथा नेकपा पर्वत पैञ्यूका पदाधिकारी लगायत विभिन्न सामाजिक अभियन्ताहरुले शोक व्यक्त गरेका छन् ।

वि.सं.२०७७ जेठ १९ सोमवार १२:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पोखराका ८ हजार बढी होटल तथा रेष्टुराँमा २५ हजार श्रमिकलाई रोजगारी

पोखराका ८ हजार बढी होटल तथा रेष्टुराँमा २५ हजार श्रमिकलाई रोजगारी

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल...

 होटलमा २५ हजार श्रमिकलाई रोजगारी

 होटलमा २५ हजार श्रमिकलाई रोजगारी

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल...

उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

बागमती । हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै...

श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी छ : पूर्वप्रधानमन्त्री खनाल

श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री...

चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा

चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा...

भन्सार छलीका खाद्य तथा दैनिक उपभोग्य सामान बरामद

भन्सार छलीका खाद्य तथा दैनिक उपभोग्य सामान बरामद

महेन्द्रनगर (कञ्चनपुर) । दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी...