back

यी हुन् नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरु(विवरणसहित )

वि.सं.२०७७ जेठ १९ सोमवार

147 

shares
NTC AD
Global IME AD

१९ जेठ, काठमाडौँ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आइतबार बाजुराकी २ वर्षीया बालिकाको संक्रमणबाट मृत्यु भएसँगै मृत्यु संख्या ८ पुगेको हो ।

आठौँ : १८ जेठ गते – बाजुराकी २ वर्षीया बालिकाको आइतबार बिहान २ः३० बजे बाजुरा जिल्ला स्वास्थ्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । आमाबुवासहित ८ दिन पहिले भारतबाट आएकी ती बालिकालाई क्वारेन्टाइनमै रहेका अवस्थामा श्वास– प्रस्वास, ज्वरो र झाडा पखाला लागेपछि जेठ १५ गते अस्पताल भर्ना गरिएको थियो । उनको जेठ १६ गते नै श्वास संकलन गरेर सेती प्रादेशिक अस्पतालमा गरिएको र परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सातौँ : १७ जेठ गते – बेलुका दैलेखको दुल्लु नगरपालिका पटांगिनीको क्वारेन्टाइनमा रहेका ३५ वर्षीय युवाको मृत्यु भएको थियो । क्वारेन्टाइनमा रहेका बेला एक्कासी ढलेका थिए । ढलेको केही समयपछि उनको मृत्यु भएको थियो । उनको मृत्युपछि उनको स्वाब परिक्षणका लागि जुम्ला लगिएको थियो । परीक्षणमा जेठ १७ मा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

छैठौँ : जेठ १० गते – अर्घाखाँची भुमिकास्थानका ३५ वर्षीय युवाको निधन भयो । भारतमा मजदूरी गरेर नेपाल फर्किने क्रममा उनको बाटोमै मृत्यु भएको थियो । जेठ ११ गते श्वाव संकलन गरेर भैरहवाको प्रयोगशालामा परीक्षण गरिएको थियो । जेठ १६ मा आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

पाचौँ : जेठ १४ गते – ललितपुर बुङमति २२ का ५६ वर्षीय एक पुरुषको मृत्यु भएको थियो । उनको कलेजोमा समस्या भएका कारण जेठ १२ गते ललितपुरको ग्वार्काेमा रहेको किस्ट अस्पतालको आइसीमा भर्ना भएका थिए । उनको जेठ १५ गते कोरोना परीक्षण गरिएको थियो । जसमा रिर्पाेट पोजेटिभ आएको थियो ।

चौंथोः जेठ ४ गते – ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । श्वास प्रश्वासमा समस्या भएपछि विरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना भइ आइसीयुमा उपचार गराइरहेका उनको उनको मृत्यु पश्चात गरिएको श्वाव परीक्षणमा स्वास्थ्य मन्त्रालयले जेठ १२ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

तेस्रो : जेठ ८ गते – बिहान गुल्मी मदानेका ४१ वर्षीय शिक्षकको मृत्यु भएको हो । जेठ ५ मा रुपन्देहीको क्रिमशन अस्पतालमा उपचारका क्रममा उनी भर्ना भएका थिए ।

दोस्रो : जेठ ४ गते – बाँके नरैनापुरका २५ वर्षीय युवाको क्वारेन्टाइनमै रहेका बेला मृत्यु भएको थियो । ३० वैशाखमा भारतबाट फर्किएका जेठ ४ गते बिहान ४ बजेर ४० मिनेट जाँदा उनको मृत्यु भएको थियो ।

पहिलो : जेठ २ गते – सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको कोरोना संक्रमणबाट मृत्यु भएको घोषणा जेठ ३ गते गरिएको थियो । उनी कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन् ।

सोमबार बिहानसम्म नेपालमा १,५७२ जनामा कोरोना पुष्टि भएको छ भने २२० जना निको भएर घर फर्किएका छन् ।

वि.सं.२०७७ जेठ १९ सोमवार ११:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन...

बर्सेनि मासिँदै कैलालीका वन, बाढीपीडितका नाममा अतिक्रमण

बर्सेनि मासिँदै कैलालीका वन, बाढीपीडितका नाममा अतिक्रमण

गोदावरी (कैलाली) । बाढीपीडित, पहिरोपीडितलगायत प्राकृतिक विपत्ति र आफ्नो निश्चित...

२९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बूढीराप्ती सरसफाइ

२९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बूढीराप्ती सरसफाइ

  नारायणगढ (चितवन) । चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार...

गण्डकीसहित चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

गण्डकीसहित चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणको चासो बढ्दै

एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणको चासो बढ्दै

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती...

नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने

नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको...