back
CTIZAN AD

यी हुन् नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरु(विवरणसहित )

वि.सं.२०७७ जेठ १९ सोमवार

750 

shares

१९ जेठ, काठमाडौँ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आइतबार बाजुराकी २ वर्षीया बालिकाको संक्रमणबाट मृत्यु भएसँगै मृत्यु संख्या ८ पुगेको हो ।

आठौँ : १८ जेठ गते – बाजुराकी २ वर्षीया बालिकाको आइतबार बिहान २ः३० बजे बाजुरा जिल्ला स्वास्थ्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । आमाबुवासहित ८ दिन पहिले भारतबाट आएकी ती बालिकालाई क्वारेन्टाइनमै रहेका अवस्थामा श्वास– प्रस्वास, ज्वरो र झाडा पखाला लागेपछि जेठ १५ गते अस्पताल भर्ना गरिएको थियो । उनको जेठ १६ गते नै श्वास संकलन गरेर सेती प्रादेशिक अस्पतालमा गरिएको र परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सातौँ : १७ जेठ गते – बेलुका दैलेखको दुल्लु नगरपालिका पटांगिनीको क्वारेन्टाइनमा रहेका ३५ वर्षीय युवाको मृत्यु भएको थियो । क्वारेन्टाइनमा रहेका बेला एक्कासी ढलेका थिए । ढलेको केही समयपछि उनको मृत्यु भएको थियो । उनको मृत्युपछि उनको स्वाब परिक्षणका लागि जुम्ला लगिएको थियो । परीक्षणमा जेठ १७ मा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

छैठौँ : जेठ १० गते – अर्घाखाँची भुमिकास्थानका ३५ वर्षीय युवाको निधन भयो । भारतमा मजदूरी गरेर नेपाल फर्किने क्रममा उनको बाटोमै मृत्यु भएको थियो । जेठ ११ गते श्वाव संकलन गरेर भैरहवाको प्रयोगशालामा परीक्षण गरिएको थियो । जेठ १६ मा आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

पाचौँ : जेठ १४ गते – ललितपुर बुङमति २२ का ५६ वर्षीय एक पुरुषको मृत्यु भएको थियो । उनको कलेजोमा समस्या भएका कारण जेठ १२ गते ललितपुरको ग्वार्काेमा रहेको किस्ट अस्पतालको आइसीमा भर्ना भएका थिए । उनको जेठ १५ गते कोरोना परीक्षण गरिएको थियो । जसमा रिर्पाेट पोजेटिभ आएको थियो ।

चौंथोः जेठ ४ गते – ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । श्वास प्रश्वासमा समस्या भएपछि विरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना भइ आइसीयुमा उपचार गराइरहेका उनको उनको मृत्यु पश्चात गरिएको श्वाव परीक्षणमा स्वास्थ्य मन्त्रालयले जेठ १२ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

तेस्रो : जेठ ८ गते – बिहान गुल्मी मदानेका ४१ वर्षीय शिक्षकको मृत्यु भएको हो । जेठ ५ मा रुपन्देहीको क्रिमशन अस्पतालमा उपचारका क्रममा उनी भर्ना भएका थिए ।

दोस्रो : जेठ ४ गते – बाँके नरैनापुरका २५ वर्षीय युवाको क्वारेन्टाइनमै रहेका बेला मृत्यु भएको थियो । ३० वैशाखमा भारतबाट फर्किएका जेठ ४ गते बिहान ४ बजेर ४० मिनेट जाँदा उनको मृत्यु भएको थियो ।

पहिलो : जेठ २ गते – सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको कोरोना संक्रमणबाट मृत्यु भएको घोषणा जेठ ३ गते गरिएको थियो । उनी कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन् ।

सोमबार बिहानसम्म नेपालमा १,५७२ जनामा कोरोना पुष्टि भएको छ भने २२० जना निको भएर घर फर्किएका छन् ।

वि.सं.२०७७ जेठ १९ सोमवार ११:०५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...