back

पाँच सयको बाजी जित्न मस्र्याङ्दीमा हेलिएका घिमिरे बेपत्ता

वि.सं.२०७३ पुस ११ सोमवार

600 

shares

११ पुस, बेँसीसहर (लमजुङ) । पौडिएर मस्र्याङ्दी तर्ने क्रममा आइतबार एकजना बेपत्ता भएका छन् । लमजुङ जिल्ला बेँसीसहर नगरपालिका–७ का ४० वर्षीय राजु घिमिरे नदी पार गर्नेक्रममा आइतबार बेपत्ता भएका हुन् ।

आइतबार बिहान १० बजे स्थानीय पद्म घिमिरे र राजु घिमिरेबीच पौडिएर नदी पार गर्ने विषयमा बाजी परेको थियो । उनीहरूबीच यदि नदी पार गर्नेले रु ५०० बाजी मार्ने र नदी पार गर्न नसक्नेले रु ५०० दिने गरी बाजी परेको बुझिएको छ ।

बाजीबमोजिम राजु मस्र्याङ्दीमा पौडिन होमिएका थिए । नदीको बीचसम्म पौडिएका घिमिरे त्यसपछि पौडिन नसकेपछि मस्र्याङ्दीले बगाएको हो । राजु नदी पार गर्न नसकी बेपत्ता भएपछि उनका साथी पद्म घिमिरेले प्रहरीलाई राजु नदीमा बेपत्ता भएको जानकारी गराएका थिए ।

बेपत्ता घिमिरेको खोजी कार्य भइरहेको र हालसम्म कुनै पत्तो नलागेको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानका क्रममा पनि उनीहरू आज बिहानैदेखि मदिरा सेवन गरी बसेको र नदी पार गर्ने विषयमा दुईजनाबीच बाजी पनि परेको बुझिएको प्रहरीले जनाएको छ । घिमिरे स्थानीय शिक्षकसमेत हुन् ।

वि.सं.२०७३ पुस ११ सोमवार ०३:१२ मा प्रकाशित

Himalayan Life AD
‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी

‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी

काठमाडौँ । चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तरराष्ट्रिय...

किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण

किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण

काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा...

एघार हजारले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एघार हजारले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको...

आइसिसी विश्वकप क्रिकेट लिगस् नेपालले टस जितेर फिल्डिङ रोज्यो

आइसिसी विश्वकप क्रिकेट लिगस् नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय...

तालतलैयामा पाहुना चराको चहलपहल

तालतलैयामा पाहुना चराको चहलपहल

कञ्चनपुर । जाडो छल्नका लागि साइवेरियालगायत क्षेत्रबाट कञ्चनपुर–कैलालीका सीमसार, नदी...

शनिबार छ हजार ३९३ जना भक्तजनले पाथीभरा दर्शन गरे

शनिबार छ हजार ३९३ जना भक्तजनले पाथीभरा दर्शन गरे

ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै...